मिस एसइई हुँदै

काठमाडौं । एसइई दिएर बसेका किशोरीको प्रतिभा विकास गर्दै उनीहरुलाई अगाडि बढाउने लक्ष्य राखेर आयोजना गरिएको ‘मिस एसइई युनिभर्सल–२०१९’ मा २० प्रतियोगी छनोट भएका छन् ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा छानिएका प्रतिस्पर्धी अहिले प्रशिक्षणमा व्यस्त छन् । प्रतियोगिताको अन्तिम स्पर्धामा शिर्ष उपाधि आफ्नो पक्षमा पार्न उनीहरु केही दिनदेखि प्रशिक्षण्मा जुटेका हुन् ।

प्रतिस्पर्धामा श्रीया श्रष्ठ, सलिना बुढाथोकी, झरना थापा मगर, सजिना नेपाल, नम्रता थापा, ममता ओली, अनुजा पुरी, करिना मानन्धर, सञ्चिना लामा, विविशा लमिछाने, इशा केसी, प्रिति खड़का, विना घले, नामग्याल तमाङ, दिक्षा ढकाल, रिया गहतराज, स्नेहा लामा तामाङ, दिक्षा राई, प्रनिका श्रेष्ठ, अदीति सुनुवार लगायत छन् ।

प्रशिक्षणका क्रममा उनीहरुले अतिरिक्त कामका साथै विभिन्न सिर्जनात्मक विधामा प्रशिक्षण लिइरहेका छन् । उनीहरुले स्विमिङ, जुम्बाका साथै चलचित्र ‘वीर विक्रम २’ कलाकार पल शाह, नाजिÞर हुसैन, वर्षा सिवाकोटी तथा निर्देशक मिलन चाम्ससँग अंतरक्रिया समेत गरेका छन् । त्यस्तै, विभिन्न कलेजको भ्रमणसँगै मोटिवेसनल, सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेको कोरियोग्राफर आश्विनी झाले जानकारी दिए ।

आकास गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगिताको एसइई दिएर बसेका छात्राको प्रतिभा निखार्दै उनीहरुको करिअरलाई फराकिलो बनाउने उद्देश्य राखेर प्रतियोगिता गरिएको ग्ल्याम वल्र्डका सिइओ प्रिती कार्कीले बताइन् । प्रतियोगितामा शिर्षसहित विभिन्न आधा दर्जन विधामा बिजेता छानिने छन् ।

प्रतिक्रिया