कृति विमोचनसँगै बिहे

काठमाडौं । कविद्वय बलराम दाहाल र भैरवी भूगोल ढुंगानाका दुई कृति क्रमशः भाडा नलाग्ने कोठा र अस्वीकृत शालिनता सार्वजनिक भएको छ । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी, अशेष मल्ल र जगत प्रक्षितलगायतले ती कृतिको विमोचन गरे । कृति विमोचनसँगै कविद्वय दाहाल र ढुंगानाको बिहेसमेत भयो ।

यसपछि कृतिमाथि शैलेन्द्र प्रकाश नेपाल र प्रभाती किरणले समीक्षात्मक टिप्पणी गरे । त्यसपछि पण्डित बालचन्द्र अधिकारीद्वारा वैवाहिक कार्यक्रम सुरु भयो र वटुकहरूले स्वस्ति वाचन गरे । स्वस्ति वाचनपछि वरले वधुलाई सिन्दुर राखे र पोते लगाइदिएर वैवाहिक कार्यक्रमको समापन गरे ।

त्यसपछि सत्यमोहन जोशी, आनन्द पोखरेल, महेन्द्र पाण्डेय, प्राडा. वासुदेव त्रिपाठी, प्रा. राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, प्रकाशक पुष्पराज पौडेलले वैवाहिक जीवनको शुभ कामनाका साथै साहित्य यात्राको पनि शुभकामना दिए । उक्त कार्यक्रममा विमोचित पुस्तक शिखा बुक्सले प्रकाशित गरेको हो ।

प्रतिक्रिया