शाहरुखलाई चिनियाँ युवतीले घेरे

एजेन्सी, बेइजिङ । बलिउड अभिनेता शाहरुख खान ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा चीन पुगेका छन् । फेस्टिभलमा बलिउडबाट छानिएको चलचित्र ‘जिरो’ का लागि उनी बेइजिङ पुगेका हुन् । उक्त कार्यक्रममा सहभागी हुन चीन पुगेका अभिनेता शाहरुख भने यतिवेला निकै दंग छन् । साथै उनी चीन पुगेको खबर फैलिएपछि उनका चिनियाँ फ्यानले भव्य स्वागत गरे ।

जब शाहरुखलाई स्वागत गर्न एयरपोर्ट पुगेका चिनियाँ युवतीले उनलाई न्यानो स्वागतसँगै चुम्बनसमेत गर्न भ्याए । उनलाई चुम्बन गर्न युवतीको होडबाजी नै चल्यो । यतिवेला उनलाई चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । उनलाई एयरपोर्टदेखि नै फ्यानले घेरेका थिए । त्यहाँ अटोग्राफ लिने र सेल्फी खिच्नेको निकै भिड लागेको थियो ।

प्रतिक्रिया