लमजुङमा ‘भाइरल गोर्खे’ को शुभमुहूर्त

लमजुङ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले अभिनय गर्ने चलचित्र ‘भाइरल गोर्खे’ को शुभमुहूर्त गरिएको छ । मंगलबार लमजुङको भुजुङ गाउँमा निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरू सौगात मल्ल, लक्ष्मी गिरी लगायतको उपस्थितिमा मुहूर्त गरिएको हो ।

शुभ मुहूर्तसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । शुभमुहूर्तमा निर्माता लामिछानेले सामाजिक सञ्जालले समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको कथालाई चलचित्रमा देखाइएको बताए । अभिनेता मल्लले आफूले दर्शकलाई सधैँ नयाँ स्वाद दिन खोज्ने भन्दै यस चलचित्रमा पनि केही फरक देख्न सकिने बताए । चलचित्रमा सौगात र लक्ष्मी आमा छोराको भूमिकामा छन् ।

चलचित्रमा बुद्धि तामाङको पनि मुख्य भूमिका छ । द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा बन्ने चलचित्रको अधिकांश छायांकन लमजुङको भुजुङ गाउँमा हुनेछ । गोरखा र चितवनमा पनि केही दिन छायांकन हुने निर्देशक निगम श्रेष्ठले बताए ।

प्रतिक्रिया