‘पोइ पर्यो काले’ मा आकाश र पूजा

काठमाडौं । नयाँ वर्षको अवसर पारेर निर्माण हुन लागेको चलचित्र ‘पोइ पर्यो काले’ मा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अनुबन्धित भएका छन् । यी दुई कलाकारले सँगै काम गर्न लागेको यस चलचित्रको निर्देशन शिशिर राणाले गर्दै छन् । आइतबार राजधानीमा एक कार्यक्रमका बीच आकाश र पूजालाई निर्देशक राणाले यो अनुबन्धित गरेका हुन् ।

‘तिमी सँग’ बाट निर्देशन यात्रा सुरु गरेका शिशिर राणाको भने यो चलचित्र दोस्रो हो । चलचित्रका लेखक समेत रहेका निर्देशक राणाले कलाकार छनोट धमाधम भइरहेको र जेठको दोस्रो साताबाट आफूहरू छायांकनमा जाने जानकारी दिए । उनले अझै आफ्नो चलचित्रमा एक अभिनेता र एक अभिनेत्री चयन हुन बाँकी रहेको बताए ।

अभिनेत्री पुजाले बाहिरी ब्यानरको चलचित्रमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरिन् । साथै, उनले यस चलचित्रबाट २० लाख रुपैयाँ पारिश्रमिक पाएको दाबी गरिन् । पूजा जस्तै अभिनेता आकाशले पनि यस चलचित्रबाट १८ लाख पारिश्रमिक लिएको जनाए ।
दिपक मनाङे ९राजिब गुरुङ० ले निर्माण गर्दै छन् । उनी प्रदेश ४ अन्तर्गत मनाङ ‘ख’ का प्रदेश सभा सदस्यसमेत हुन् ।

यो चलचित्रका कार्यकारी निर्मातामा रघु परियार र किरण नेपाली तथा प्रस्तुतकर्तामा श्यामबहादुर थापा तथा निर्माण संयोजक सुरज आचार्य रहेका छन् । जसमा पुरुषोत्तम न्यौपाने र शिव गौतमको संगीत रहने निर्देशक राणाले जानकारी दिए । चलचित्रलाई कात्र्तिकको ८ गते लक्ष्मी पूजाको अवसर पारेर रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया