प्रलेस कास्कीमा मरासिनी

कास्की । लेखक नारायण मरासिनी प्रगतिशील लेखक संघ (प्रल्स) कास्कीको अध्यक्षमा र्निविरोध चयन भएका छन् । पोखरामा शनिबार सम्पन्न आठौँ कास्की जिल्ला सम्मेलनले मसासिनीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

प्रलेसका केन्द्रीय उपाध्यक्ष डा. कृष्णराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा छवि सुवेदी, सचिव विजय सुवेदी, सहसचिवमा बिपी विद्रोही, कोषाध्यक्षमा काजी गाउँले सदस्यहरूमा कल्पना चिलुवाल, विकास लुङ्गेली, लोकनाथ पुडासैनी, लीला पण्डित, सुवास मल्ल र नारायण बास्तोला चयन गरेको छ । उक्त अवसरमा संस्कृतिकर्मी तथा लेखक डा. रविलाल अधिकारी, टेकनाथ बराल, कुलप्रसाद खनाललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया