वाग्लेको ‘कोरियाना’ बजारमा

काठमाडौं । सञ्चारकर्मी नारायण वाग्लेद्वारा लिखित नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ बजारमा आएको छ । यसअघि दुईवटा उपन्यास सार्वजनिक गरेका वाग्लेले तेस्रो कृतिका रूपमा गैरआख्यान कृति ल्याएका हुन् । समाचार कक्षभित्रै उनले सुरु गरेको स्तम्भ ‘कफीगफ’ मा आधारित रहेर पुस्तक लेखिएको छ ।

पुस्तकमा वाग्लले पहिले प्रकाशित गरेका कफीगफलाई समेटेका छैनन् । यस संग्रहमा केही समयअघि कोरियामा आयोजित लेखन कार्यशालामा उनले तयार पारेको विषयलाई कृतिमा समेटिएको छ । पुस्तक गैरआख्यान भए उपन्यासका पाठकले आख्यानको रुपमा लिन सक्ने वाग्लेले बताए ।

नेपालयले बजारमा ल्याएको यो कृति आजदेखि देशभरका सबैजसो मुख्य पुस्तक पसलमा उपलब्ध हुने जनाइएको छ । मोटो गातामा उपलब्ध पुस्तकको मूल्य भने ४ सय ९५ रुपैयाँ राखिएको छ । इन्टरनेटमार्फत थुप्रै डट कम, किताब यात्रा डट कम र ‘सस्तो बुक डट कमबाट पाठकले घरमै पुस्तक मगाउन सक्ने छन् । त्यस्तै यसलाई संसारभरि अमेजनमार्फत् पनि उपलब्ध गराइएको नेपालयले जानकारी दिएको छ ।

प्रतिक्रिया