अनमोल र सुहानाको रोमान्स

काठमाडौं । अभिनेत्री झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर–३’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता अनमोल केसी र नव–नायिका तथा झरनापुत्री सुहाना थापाको मुख्य भूमिकालाई देखाइएको छ ।

रोमान्टिक जोडीका रूपमा अनमोल र सुहानालाई टिजरमा देख्न सकिन्छ । सुनिलकुमार थापाको निर्माणमा बन्न लागेको यो चलचित्रमा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतीक पौडेल र आशिश अविरलको संगीत रहेको छ ।

निर्देशक थापा र सुमन पौडेलको कथा लेखन तथा रोशन श्रेष्ठको द्वन्द्व र सञ्जय लामाको छायांकन रहेको छ । चलचित्रमा अनमोल र सुहानाका अलवा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया