शंकर र रिनाको ठुम्का

काठमाडौं । गायक तथा गीतकार नरेश खाती क्षेत्रीको नयाँ पञ्चेबाजा गीत ‘दुलाहा राजा मायालु’ सार्वजनिक भएको छ । गीतमा गायक मेक्सम खाती क्षेत्री र गायिका जुना श्रीष मगरको आवाज छ ।

गीतमा नरेश र रमेश भट्टको संयुक्तमा शब्द सिर्जना रहेको छ । नरेशकै संगीत रहेको गीतको भिडियोमा मोडल तथा निर्देशक शंकर बिसी र रिना थापा मगरका अभिनय छ ।

भिडियोको निर्देशन पनि बिसीले नै गरेका छन् भने दुर्गा पौडेलको छायांकन तथा नवीन घर्ती मगरले सम्पादन गरेका छन् । गोरक्ष म्युजिक प्रालिको प्रस्तुतिमा रहेको गीत गायक मेक्सम खातीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया