प्रथम नेपाल आइडल टप ६ का सुरजको ‘हे बरै आएन परदेशी’

काठमाडौं । प्रथम नेपाल आइडल टप ६ सम्म पुग्न सफल गायक सुरज थापाको ’हे बरै आएन परदेशी’ बोलको गीत सार्वजनिक भएको छ । गायक थापाको आफ्नै एकल आवाजमा उक्त गीत सजिसजाउ रहेको छ भने थापा आफैले शब्द सिर्जना तथा संगीत समेत गरेका छन् । उक्त गीत र भिडियोमा बिदेशिएका नेपालीको यथार्थ कथावस्तुमा तयार गरिएको गायक थापाले दाबि गरे ।

सुत्र इन्टरटेनमेन्ट स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो सुरज थापा आफैले निर्देशन गरेका छन् भने उत्तम हुमगाइँले छायांकन गरेका हुन् । त्यस्तै बिकास दाहालद्वारा सम्पादन गरिएको भिडियोमा मन बहादुर थापा, दिलमाया थापा, चन्द्र बहादुर थापा, कविराम थापा, तारा थापा, आरुषी परियार, अन्जेल थापा, मनन थापा, गौरब थापा र जुनु थापा लगायतको अभिनय रहेको छ ।

सोही गीत गायक सुरज थापाकै आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । संदेशमुलक गीत भएकाले दर्शक स्रोताको रोजाइमा पर्ने थापाले बिश्वाश लिएको बताए ।

प्रतिक्रिया