धामीको सुदूर पश्चिमेली पञ्चेबाजा ‘लगन जुरिगयो मैना’

काठमाडौं । सुदुर पश्चिमलाई छुट्टै तवरबाट चिनाउन गायक मनोज सिंह धामीले आफ्नै गाउँ परवेशलाई समावेश गरेर ‘लगन जुरिगयो मैना’ सुदुर पश्चिमेली पञ्चेबाजा गीत बजारमा ल्याएका छन् । गायक धामीको आफ्नै एकल आवाजमा रहेको गीतमा आफैले शब्द सिर्जना तथा संगीत समेत भरेका छन् । गायक धामीले आफै सोही गीतको भिडियोमा निर्देशन गरेका छन् ।

बबिता र गायक धामिकै सोही भिडियोमा अभिनय रहेको छ । अजय रेग्मीले छायांकन गरेको उक्त भिडियो विजय भट्टराईले सम्पादन गरेका हुन् । मनोज सिंह धामी आफ्नै युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ ।

बिहेको लगन चलिरहेको अवसरमा सुदूर पश्चिमको पञ्चेबाजालाई पनि देशका हरेक कुनामा चिनाउने उदेश्यले सोही गीत बजारमा ल्याएको गायक धामीले बताए । अरू गीतभन्दा अझै पृथक् ढंगबाट यस गीत निर्माण भएको धामीले जिकिर गरे ।

प्रतिक्रिया