प्रलेस खोटाङमा सुवेदी

खोटाङ । प्रगतिशील लेखक संघ (प्रलेस) खोटाङको अध्यक्षमा चित्रकुमार सुवेदी निर्वाचित भएका छन् । संघको तेस्रो जिल्ला सम्मेलनले सुवेदीलाई अध्यक्षमा चयन गर्दै १५ सदस्यीय नयाँ कार्य समिति चुनेको छ । यससँगै ०६३ सालयता निस्क्रिय रहेको संघले पूर्णता पाएको छ ।

संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यमा जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको सम्मेलनबाट उपाध्यक्षमा मिनकुमार दाहाल, सचिवमा लोकेन्द्र राई सर्वाहारा, सहसचिवमा सिता थुलुङ र कोषाध्यक्षमा क्रान्ति श्रेष्ठलाई चयन गरेको छ ।

नेपाली प्रगतिशील कला साहित्यको विकासमा प्रलेसले महत्वपूर्ण काम गर्ने विश्वास लिएको केन्द्रीय अध्यक्ष पोखरेलले बताए । सम्मेलनबाट चुनिएका प्रलेसका पदाधिकारीलाई नेकपाका नेता दुर्गाजयन्ती राई, धु्रव बुढाथोकी, जलशेर राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले शुभकामना दिएका छन् ।

यसैबीच, उक्त कार्यक्रमको सन्दर्भ पारेर गरिएको जिल्लाव्यापी खुल्ला कविता प्रतियोगितामा सिर्जना अधिकारी पहिलो भएकी छन् । त्यस्तै, अनिश घिमिरे दोश्रो, रिमा राई तेश्रो र मौसम आचार्यले सान्त्वना पुरस्कार हात पारे ।

प्रतिक्रिया