विपश्यना साधना जीवनको ‘टर्निङ पोइन्ट’

विपश्यना के हो त विपश्यना विशेष रूपले आफूले आफैँलाई हेर्ने हो । यो मनको अप्रेसन हो । मनका तह–तह हुन्छन् अहिले एक विचार आउँछ अलिपछि अर्को विचार आउँछ । मन भाग्छ मनलाई वशमा राख्नुपर्छ । मन कहाँ भाग्छ मन या विगतका घटनालाई केलाउँछ या पछिको आउने दिनको हावामा तासको महल बनाएर स्वर्णिम कल्पना गर्नमा लाग्छ ।

विपश्यना नै बन्यो मेरो जीवनको टर्निङ पोइन्ट, जसको रोल मोडेल हुन् हरिप्रसाद पोखरेल ‘मानसाग्नी’ मेरो जीवनका मार्गदर्शक आदर्श व्यक्ति जसले मलाई सिफारिस गरी विपश्यना साधना गर्न पठाउनुभयो । २०६३ सालको कुरो हो काठमाडौंको भीमसेनगोलामा मेरा भान्दाजुको कोठा थियो दाजु त्यहि नजिकको कुनै स्कुलमा योग शिक्षक हुनुहुन्थ्यो । एकदिन कुरैकुरामा म त माथि १२ दिन गुफामा बसेर आएको भन्नुभयो । त्यो गुफाको बारे न त उहाँले थप अगाडि बुझाउनुभयो न त मैले थप सोधेँ । त्यसपछि २०६७ सालको असारमा भीमसेनगोलामा नै भान्जा डा. सरोजको कोठा थियो म उहाँकोमा बसेँ मलाई अलिअलि तनाव हुन लागेको थियो । भान्जसँगको कुरामा कता माथि भित्रै राखेर विपश्यना गराउँछ रे मामा भन्नुभयो । मैले त्यो विपश्यना कुन चरीको नाम हो धेरै बुझिनँ ।

म सुर्खेत लगत्तै फर्किनुपर्ने भयो मेरो मनमा आएका कहिलेकाहीँका भावलाई हटाउने जीवन बदल्ने पुस्तक थियो ‘विचार विज्ञान’ त्यो पुस्तक २०६२ सालमा सुर्खेतमा ज्वाइँ मणिप्रकाश रिजालकोमा देखेर मेरो कोठामा लगेर पढेको थिएँ । विचार विज्ञानको सार हो सूर्यको प्रकाश एक सेकन्डमा जति हिँड्छ विचारको वेग त्यसको २२ गुणा हिँड्छ । विचारको वेग हिँड्ने मात्रै होइन कसप्रति के धारणा बनाइयो त्यो धारणा त्यहाँ उनकोमा पुगेर उनकोबाट सकारात्मक हो कि नकारात्मक त्यो विचार फेरी आपूmमा आइपुग्छ भनेर लेखिएको छ । त्यस्तै अर्को प्रत्येक व्यक्तिले आफूले के बन्न सक्छ आपूmलाई आफैँ कहाँनिर उभ्याउने हो त्यहीँनिर उभ्याउने कला दिएको छ । म सामान्य व्यक्ति बन्ने वा मुलुकको बागडोर सम्हाल्ने प्रधानमन्त्री बन्ने उसको सोचाइ र त्यसलाई प्राप्त गर्ने कामको लयमा भर पर्छ भनिएको छ । व्यक्ति जन्मले को कहाँ जन्मियो अर्थ राख्दैन उसले कर्म कस्तो गरेको छ राख्ने अर्थ त्यो हो ।

प्रत्येक व्यक्तिले आफ्नो पूर्वजन्मका पूर्खाको संस्कारको कर्मफल भोग्नुपर्ने हुन्छ । विज्ञानले पनि यसलाई जिनको रूपमा पुष्टि गरेको नै छ । विपश्यना साधनामा यसलाई संस्कार भनेर भनिन्छ । संस्कार हामीभित्र गढेर बसेका हुँदारहेछन् जो हामी बाहिरी दुनियाँमा जानकारी पाउँदा रहेनछौँ । मेरो संस्कार मेरो बाल्यकालबाटै मेरा कीर्तिशेष काकाको सानिध्यमा रहँदा उहाँको सुरापानको असरले हामी माथिको आक्रमणको प्रतिकारमा मुखले गर्नुपर्ने आदरको सट्टा शब्दले प्रतिकार गर्ने बानी परेपछि बाल्यकालको उर्वर जीवन द्वन्द्वमा हुक्र्यो । एकदिनको कुरो हो एउटा यस्तै स्लोगन पढियो अगाडि बढ्ने व्यक्तिले झिनामसिना कुरामा अल्झिन हुँदैन भनेर अनि चट्ट घर छोडेर आफ्नो भविष्य बनाउन लागियो ।

२०६८ सालको जेठको महिना थियो हामी सुर्खेतबाट तत्कालीन प्राज्ञ डा.दीपक गौतमको कमान्डमा हामी केही साहित्यकार राष्ट्रिय साहित्य महोत्सव सुर्खेतको आयोजना गर्नका लागि विभिन्न संघसंस्थामा आवश्यक बजेटको पहलका लागि काठमाडौं आएका थियौँ । हाम्रो कार्यक्रमको अनुमानित खर्च १० लाख थियो नेपाल प्रज्ञा प्रतिष्ठानबाट ५० हजारको आश्वासन भयो । म पनि मूल समितिको १५ जनामा एक जिम्मेवार सदस्य थिएँ । मुलुकभरिका साहित्यकारलाई निम्ता दिएर पनि दार्जिलिङसम्म इन्द्रबहादुर राईसम्म फोन गर्न पुगिएको थियो । भारतका साहित्यकारलाई नेपालगञ्जका साहित्यकार हरिप्रसाद तिमिल्सेना र वरिष्ठ पत्रकार पूर्णलाला चुकेले सहजीकरण गरिदिनुभएको थियो ।

ती साहित्यकारलाई अवधि भाषाका साहित्कार विष्णुलाल कुमालले सुर्खेतसम्मको यात्राको सहजीकरण गर्नुभएको थियो । मैले डा.दीपक गौतमका आँखा छलेर एक ठाउँ पत्रकारको आज बैठक रहेछ म पुगेर आएँ भनेर म भीमसेनगोलामा रहेको प्राकृतिक चिकित्सालयमा गएर डा.हरिप्रसाद पोखरेललाई भेटेँ । मैले हेमराज न्यौपाने दाजुको नाम लिएर भनेँ, ‘म हजुरकहाँ आउने आँट पनि थिएन मलाई तनावले सहन गर्न नसक्ने हुन लाग्यो । मलाई योगले अलि सहज बनाएको छ । मलाई योग सिकाइदिनपर्यो गुरु ।’ योग कसरी गरिएको थियो भने सुर्खेतमा बस्दा शान्तिनगरदेखि भैरवस्थानसम्म चार बजे नै उठेर पुग्ने । मामा किरण पन्त र टीकाराम अधिकारीको पहलमा पतञ्जली योग चलाइएको थियो । मलाई एक महिनाको योगले तनाव घटेको महसुस भयो ।

म अरूका तनावलाई हरेक शास्त्र र सफल व्यक्तिका उदाहरण दिएर शान्त पार्थेंं । आफ्नो तनाव भने आपैmँमा गुम्स्याएर राख्ने कसैलाई नभन्ने बानी थियो । तनाव पनि निराशा न हो । तनावको कारण पहिलो आफ्नै लयमा प्रवेशिका भएन, जेनतेन प्रवेशिका भएको थियो प्रवीणताले आलु खायो अनि जीवनका पछाडिका पाटा केलाउन पुगिएछ । अनि नतिजा निकालिएछ असफलताको तर आपूmले गर्दै आएको स्वअध्ययन लेखन विभिन्न साहित्यिक संस्थाको नेतृत्वलाई गौण ठानिएछ । एकदिन सुर्खेतमा २०६१ सालमा भेट हुँदा भनेका थिए तत्कालीन समकक्षी मित्र वीरबहादुर भण्डारीले गुरु सातै वर्ष त हो हामी ब्याचलर मास्टर छौँ । तपाईं सात वर्ष ढिला आउनुभयो फरक यत्ति हो जीवन सातै वर्षको हो भने । प्रवीणताबाट स्नातकोत्तरको जीवन सातै वर्ष त हो । अहिले भने दर्शनाचार्य र विद्यावारिधिको लहर चलेको छ । मलाई पनि विद्यावारिधि गर्ने लहर चलेको छ । म घमण्ड होइन गर्वले भन्छु आपूmलाई अनौपचारिक विद्यावारिधि गर्नलाई त्यसको सिँढी उक्लने मसँग कागजात भने छैन प्रवीणताजस्तै हाल स्नातकले अंग्रेजीमा आलु खाइरहेको छ । मेरो स्नातकमा अंग्रेजीको आलु पाकेर तरकारी भयो भने भन्नुस् मेरो विद्यावारिधि सकियो । तरकारी पकाइको प्रतिक्षामा छु । त्रिवि हो एक परीक्षा दिएको एक वर्षमा नतिजा दिँदैन । स्नातकको अंग्रेजीको परीक्षा दिएको एक वर्ष आउने वैशाख ४ गते पुग्छ तर नतिजा आएको छैन बरु उल्टै उत्तरपुस्तिका हरायो भनेर अस्ति चैत २१ गते स्नातक शिक्षाशास्त्र पहिलो वर्षको केही ठाउँको परीक्षा पो लिएको छ त । त्यो परीक्षाको उत्तरपुस्तिका परीक्षण कहिले नतिजा आएर मेरो आलु पाकेर तरकारी बन्छ थाहा भएन । मलाई भने एक इच्छाशक्ति पलाएको छ, भन्ने विद्यावारिधि गर्ने स्नातकोत्तर अध्ययन गर्ने हो भने पनि स्नातक त पास हुँनै पर्यो नि नत्र गफ दिन भएन । त्यसैले जसरी पानीका तलाउमा गएर भए पनि एबिसिडीबाट सिकेर भए पनि अंग्रेजी पास गर्ने इच्छाशक्ति पलाएको छ । अब केही दिन महिना त नतिजा त कुर्नै पर्छ ।

विपश्यनामा स्वीकार गर्नुपर्ने हुन्छ । उहिलेकै कुरा हो कीर्तिपुर विपश्यना केन्द्रमा सतिपट्ठान कोर्षको ध्यान थियो राजुराजा धाख्वा आचार्य हुनुहुन्थ्यो । म त्यो बेला पनि प्रवीणता पास थिइनँ । उहाँले भन्नुभयो, ‘चिन्ता किन लिनुहुन्छ मैले सकिनँ भनेर स्वीकार गर्नु न ।’ मैले बेलायतबाट …मा एमएस्सी गरेर फलानो ठाउँको जागिर छोडेर यो विद्याको सेवा गरिरहेको छु । मैले राजीनामा दिँदा यो भन्दा राम्रो जागिर पाउनुभयो कि के हो भनेर प्रश्न सोधेका थिए । मैले जवाफ दिएँ । यो भन्दा राम्रो मैले विद्या मेरो जीवनका लागि अर्को भएन भन्नुभयो । तर, मैले हार खाइनँ । अनौपचारिक पुस्तक हेर्दै गरेँ । त्रिविले मौका परीक्षा खोलेपछि मैले २०७४ सालको परीक्षा दिएपछि पास भएँ । परीक्षालाई मैले बनाएको सूत्र परीक्षा फेल हुनका लागि दिने होइन, परीक्षा पास हुनलाई दिइन्छ । परीक्षा दिइसकेपछि पास फेल जेसुकै होस् तनाव लिने होइन । नतिजामा फेल भएर आए फेरी दिने परीक्षा दिइसकेपछि तनाव भने नलिने ।

लेख्नुपर्ने कुरो विपश्यना साधनाको, विपश्यना के हो किन गर्ने भन्ने तर कता गन्थन गर्न पुगिएछ । म पहिलो विपश्यनाको साधना प्राप्त गरेको चर्चा गर्दै थिएँ । डा.हरिप्रसाद पोखरेल ‘मानसाग्नी’ले मलाई विपश्यना पठाउने सिफारिस गरिदिएपछि मैले विपश्यना ध्यान गर्ने अवसर पाएको हुँ । नाम त पहिला नै सुनेको थिएँ तर यसको विधि जानकारी थिएन । ध्यान गरे बाँचिने हो भने म जे पनि गर्न तयार थिएँ । नेपाल विपश्यना केन्द्र धर्मशृंगको नगर कार्यालय ज्योति भवनमा २०६८ जेठ १८ पहिलो दिन त्यहाँ जान ओढ्ने ओछ्याउने लगाउने खुकुला लुगा, छाता, टर्च आपूmलाई चाहिने सामान आदि व्यवस्था गर्नुपर्ने थियो । मसँग पैसा त छँदै थियो एक जोर खुकुलो लुगा किनिदिनु त भनेर मैले मित्र ओम काठायतलाई भनेँ । उहाँले सघाइ दिनुभयो । छाता किन्न खुमप्रसाद आचार्यले किनिदिनुभयो म बार्गेनिङ गर्न सक्दैन थिएँ । मिलाएर दिने कहाँ छाता किनीदिनु त भने मसँग भएका केही नगद उहाँलाई राख्न दिएँ ।

अब सुरुभयो नेपालका विपश्यनाका क्षेत्रीय आचार्य डा. रुपज्योतिको ओरेन्टेसन । ओरेन्टेसनमा त्यहाँ पालन गर्नुपर्ने नियमको बारे जानकारी दिइयो । त्यहाँ पञ्चशीलको बारेमा जानकारी दिइँदो रहेछ । त्यहाँ भनिएका ओरेन्टेसनको ब्रह्मज्ञानका रूपमा स्मरणमा रहेको जीवहत्याका नाममा मच्छरसमेत नमार्नु, महिलाको शरीरमा कर्के नजर पनि नलाउनु, यी दुई वाक्य मेरा जीवनका मार्गदर्शक बने ।

पञ्चशील के हुन् त ?

१.म जीवहत्या गर्ने छैन ।

२.म झुठो बोल्ने छैन ।

३.म चोरी गर्ने छैन ।

४.म व्यभिचार (दुराचार)गर्ने छैन ।

५.म मादकपदार्थ सेवन गर्ने छैन ।

यदि विपश्यना साधना गर्ने हो भने यी माथिका पाँच आचरण पालन गर्नु जरुरी रहेको छ ।

विपश्यना के हो त विपश्यना विशेष रूपले आपूmले आफैँलाई हेर्ने हो । यो मनको अप्रेसन हो । मनका तहतह हुन्छन् अहिले एक विचार आउँछ अलि पछि अर्को विचार आउँछ । मन भाग्छ मनलाई वशमा राख्नुपर्छ । मन कहाँ भाग्छ मन या विगतका घटनालाई केलाउँछ या पछिको आउने दिनको हावामा तासको महल बनाएर स्वर्णिम कल्पना गर्नमा लाग्छ । खासमा वर्तमानमा हो जिउनुपर्ने । जव वर्तमानमा जिउन लागिन्छ तव जीवनको महत्व बुझिन्छ । मैले मेरो पहिलो ध्यानको शिविरको आचार्य शारदामान शाक्य हुनुहुन्थ्यो । एउटै आचार्यले नपुग्ने भएकाले चेकिङका लागि दुई–तीन जना सहायक आचार्य पनि हुनुहुन्थ्यो । मेरो चेकिङमा सहायक आचार्य आदिरत्न हुनुहुन्थ्यो ।

अब ध्यान कहाँ कहाँ गरिँदो रहेछ त ? हाल मुलुकभरिमा १६ वटा विपश्यना केन्द्र सञ्चालनमा रहेका छन् । नेपालमा हाल क्यालेन्डरमा आएका १५ र हालसालै नख्खु जेलमा १ गरी १६ केन्द्रमा ध्यान चलाइन्छ । तीनको छोटकरी नाम नेपाल विपश्यना केन्द्र धर्मशृंख, मुहानपोखरी काठमाडौँ, धम्मकित्ति कीर्तिपुर विपश्यना केन्द्र, धम्म तराई (परवानीपुर पर्सा), धम्म जननी (लुम्बिनी), धम्म चितवन (चितवन), धम्म कीत्ति कीर्तिपुर, धम्मागार (कोटडाँडा), धम्म पोखरा (कास्की पोखरा), धम्म सुरियो (इलाम), धम्म नन्दन (बाणगंगा नपा कपिलवस्तु), धम्म विराट (इटहरी), धम्म सुरखेत्त (सुर्खेत) धम्म सगर (खुम्बु सोलुखुम्बु), धम्म सीस (मदन पोखरा पाल्पा), धम्म पराग (दाङ घोराही, धम्म यान (कञ्चनपुर) र हालसालेनिर्माण भएर सञ्चालनमा आएको नख्खु कारागारको गरी १६ वटा ध्यान केन्द्र हाल सञ्चालनमा रहेका छन् । पूर्ण केन्द्रको रूपमा नरहेका र एक दिवशीय र तीन दिवशीय विपश्यना शिविर सञ्चालन गरिने गरी बनाइएका केन्द्र थुप्रै रहेका छन् । यस अलावा केन्द्रको रूपमा स्थापना नभएर अस्थायी रूपमा जिप्सिक्याम्पका रूपमा पनि धेरै ठाउँमा ध्यान चलाउने गरिएको छ । यस्तै जुम्लामा पनि विपश्यना शिविर चलाइने गरेको सञ्चार माध्यमबाट आएको छ ।

यसै बीचमा यहाँ चर्चा गर्न खोजिएको नयाँ वर्ष २०८१ को पहिलो वर्षको पहिलो दिन औपचारिक रूपमा हरेक ठाउँमा विविध कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्ने गरिन्छ । हर्षाेल्लास मनाइन्छ, मिठा परिकार पकवान खानपान गरिन्छ तर हामी केही विपश्यनाको अभ्यास गरिरहने धर्म दाजु धर्म बहिनी धम्म ब्रदर धम्म सिस्टरहरू कीर्तिपुरको विपश्यना केन्द्रमा एकदिवसीय ध्यानमा सामेल भयौँ ।

खासमा एकदिवसीय ध्यान कसले लिन पाउँछन् भने दशदिवसीय एक शिविरदेखि ध्यान बसिसकेका व्यक्तिहरू एक दिवसीय र तीन दिवसीय छोटो ध्यान अभ्यास गर्न पाउँछन् । यो विद्या एक प्रकारको गुरुशिष्य परम्परामा आधारित शिक्षा हो । यो प्रवचनको पुस्तकको विद्या नभएकाले यो धेरै चर्चा गर्ने विद्या होइन तैपनि लोकहितका लागि राम्रो चिजको बारे भन्नुपर्ने कर्तव्य भएकाले जानकारीका लागि पनि लेख्ने जमर्को गरेको छु ।

अब ध्यानकेन्द्रहरू कसरी सञ्चालित भएका छन् । केन्द्रको आयव्यय कसरी चल्छ भन्दा यी संस्थाहरू पूर्णतया स्वेच्छिक दानमा सञ्चालित हुने भएकाले यसभन्दा अगाडिका कुनै अपरिचित दाताले हामीलाई दान दिएर गए हामी भिक्षुको जीवनजस्तै जसले जे दान दिएका थिए त्यहि खाइरहेका छौँ । हामी पनि पछिल्लो आउने पिढीका लागि दान दिएर जाउँ भनेर स्वेच्छिक दान दिएर आउने हो । दान दिन नसके सेवा गरे हुन्छ । सेवा गर्न पनि नसके मैत्री दिए पुग्छ । त्यो को हो कसको नाममा ऋण बाँकी रहेको छ भनेर खोजी गरिँदैन । अरू ठाउँका विभिन्न सकारात्मक सोचको प्रचार गर्ने र त्यसको साथमा शुल्क लिएजस्तै यसमा त्यो शुल्क तोकिएको हुँदैन । आर्यमौनको साथमा ध्यान गर्ने हो आर्य भनेको ज्ञानको र मौन भनेको नबोल्ने । आर्य मौन भनेको इशाराले पनि नबोल्ने शारीरिक हाउभाउले पनि संकेत नगर्ने जसलाई आर्य मौन भनेर भनिएको हो ।

महिला पुरुष अलगअलग बस्ने खाने सुत्ने अलगअलग व्यवस्था हुन्छ । एउटै घरबाट श्रीमान र श्रीमती वा घरपरिवारका भाइबहिनी बाबुछोरी गएका भए पनि १०औँ दिनको मङ्गल मैत्रीपछि मौन खुलेपछि मात्रै साझा ठाउँमा एकआपसमा कुराकानी गर्न पाइन्छ । खाना खाने भान्सा अलग हुन्छ । अलग सुत्ने ठाउँ ११ रात त्यहाँ सुत्नुपर्छ आउने जाने गरी १२ दिन समय लाग्छ । पहिलो दिनलाई शून्य दिन भनेर गणना गरिँदैन । भोलिपल्टबाट एक दिनबाट गणना गरिन्छ । शिविर अवधिभरी मैत्री नहुँदासम्म महिला पुरुष भेटघाट गर्न बन्देज रहेको छ ।

खानपान कस्तो हुन्छ त भन्दा शुद्ध साकाहारी खाना पुरुषतिर धर्मसेवककले महिलातिर महिला धर्मसेविकाले सेवा दिएका हुन्छन् । त्यो नितान्त धर्मको प्रभावले हो । खासमा धर्म भनेको यहि हो हामीले लेख्ने धर्म हिन्दू, मुस्लिम बुद्ध आदि धर्म त हामीले सम्प्रदाय बनाएका छौँ । खासमा हामी शुद्ध धर्म धारणा गरेपछि यी साम्प्रदायिक जञ्जालबाट हामी मुक्त हुन्छौँ । हाम्रो पुर्खाबाट चलेर आएकाले लेख्दा लेखौँला हिन्दू । बुद्ध आदि तर हामी जकडिएको साम्प्रदायिक जञ्जालमा परेका हुँदैनाँै ।

एकदिवसीय ध्यानले के आर्जन गर्छ एक दिवसीय ध्यानले हामीलाई १० दिवसीय ध्यान गर्ने जुन समय निकाल्न पाएका हुँदैनौँ । त्यस्तोमा हाम्रो मोबाइलको ब्याट्री चार्जबाट डाउन भयो भने मोबाइल चार्ज हुँदैन र चल्दैन । त्यस्तै हाम्रो साधनाको रफ्तार कम भएको थियो भने चार्ज गरेर मोबाइल जसरी चल्छ त्यसरी नै हामीलाई रिफ्रेस गरेको हुन्छ । त्यस्तै गरी अन्य क्षेत्रमा गएर समय बिताउनभन्दा एक दिवसीय विपश्यना साधना गरेर दिन बिताइयो । अनुहारले चिनेकामा आचार्य बेखामान महर्जन, सञ्चालक सदस्य भरत भट्टराई, गुल्मिकी बहीनी नारायणी भण्डारीलगायत ५० बढी धर्म दाजु र धर्म बहिनीको बिचमा एक दिवुसीय ध्यान गरियो । आचार्य ज्ञानुराजा महर्जनको साथमा भोजन पछिको समयमा मैले कहिलेकाहीँ आउने विषयविचार, कानले सुनेपछि पचाउन नसकिने शब्द, केही लिखतका शब्दलाई कसरी लिने भन्ने प्रश्नमा उहाँको जवाफ थियो वास्ता नगर्ने ।

रूप विकारलाई अशुभ तरिकाले हेर्ने अशुभ भनेको म राम्रो म राम्री अब म राम्रो र म राम्री मनमा रहुन्जेल त कहाँ जीवनमा प्रगति गर्न सकिन्छ त । ऊ त राम्रो र राम्रीमा नै लुट्पुटिएको हुन्छ । हरेक चिज अनिन्त्य बोधका साथ समताका साथ प्रज्ञाका साथ हेर्ने । एक विषय अति राग जागेर आएको थियो आचार्यसँग गरेको प्रश्नको उत्तरले राग जागेका सँग पनि अति मैत्री जाग्यो द्वैष जागेकालाई पनि मेत्री दिन सकियो । हामीमा पनि कहिलेकाहीँ राग र द्वैष आउँछ । राग भनेको राम्रो सुखद् मात्रै द्वैष भनेको दुःखद् नराम्रो नराम्रो मात्रै कतिखेरै रागको संस्कारभित्र राखिएको हुँदो हो त्यो रागको संस्कार बाहिर आयो । कतिखेर नचाहेरै द्वैषको संस्कार राखिएको हुँदो हो त्यही बाहिर आयो । यी दुबैलाई प्रतिक्रिया नगरी समता भावले हेर्नु नै अनित्य हो ।

प्रतिक्रिया