मिस हेरिटेजमा अदिति जाँदै

काठमाडौं । सिंगापुरमा हुन लागेको ‘मिस हेरिटेज इन्टरनेसनल २०१९’ मा अदिति श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । आगामी १२ फेब्रुअरीदेखि १७ सम्म हुने उक्त अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा अदिति सहभागी हुने लागेको जनाइएको छ ।

ग्रिन आर्ट मिडियाले लाजिम्पाटस्थित शंकर होटलमा एक कार्यक्रममा बीच अदितीलाई ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०१९’ को ताज पहि¥याउँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानेको हो । नेपालका लागि उक्त प्रतियोगिताको आधिकारिक संस्थाको रुपमा ग्रिन आर्ट रहेको छ ।

उक्त कार्यक्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल नेपाल २०१९’ दुर्गा विसुराल छानिइन् । उनले पनि सिंगापुरमा सोही समय आयोजना हुने विवाहित महिलाको प्रतियोगिता ‘मिसेस हेरिटेज इन्टरनेसनल २०१९’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

इप्लानेट आयोजक रहेको यो अन्तर्राष्ट्रिय प्रतियोगिता हेरिटेज इन्टरनेसनलको उद्देश्य विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ ।

युनेस्कोले ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका ४० बढी मुलुकको प्रतियोगितामा सहभागिता रहने ग्रिन आर्टले जानकारी दिएको छ । २० वर्षीया अदिति सामाजिक विषयमा स्नातक तहमा अध्ययन गर्दैछन् भने दुर्गाले सोसियोलोजीमा स्नातकोत्तर गरेकी छन् । साथै उनी विभिन्न व्यवसायमा समेत आबद्घ छन् ।

प्रतिक्रिया