तामाङ चलचित्र ‘कृप्’ बन्ने

काठमाडौं । तामाङ लोक संस्कृति, भाषा संरक्षण गर्ने उद्देश्यका साथ पछिल्लो समय चलचित्र बन्ने क्रम बढेको छ । चलचित्रमार्फत सामाजिक जागरण ल्याउने ध्ययेका साथ तामाङ समुदायसमेत सक्रिय रूपमा लागि परेका छन् । यसै क्रममा तामाङ कथानक चलचित्र ‘कृप्’ निर्माण हुने भएको छ ।

सोमबार लगनखेलस्थित बटुक भैरव मन्दिरमा चलचित्र कलाकार संघका कार्यवाहक अध्यक्ष सानुकुमार ताम्राकारको प्रमुख आतिथ्यतामा ‘कृप्’ को शुभमूहुर्त सम्पन्न भयो । सामाजिक विषय तथा प्रेमकथामा आधारित एक्सन प्रधान ‘कृप्’ मा डि.बि. लोप्चन, राज तामाङ, लक्ष्मी मोक्तान, मन्सु लामा लगायतका कलाकारको मुख्य भूमिका रहने छ ।

माता कृष्णमाया स्मृति फिल्मस्को प्रस्तुति रहने यस चलचित्रमा राज बस्न्यात र अमृत लामाको संयुक्त निर्देशन रहने छ । मनोज लामा निर्माता रहेको यो चलचित्रमा द्वन्द्व सञ्जु डंगोल, नृत्य कुमार थापा, कथा एम.बि लामा ‘मनोज’, पटकथा, सम्वाद, संगीत अमृत लामाको रहने जनाइएको छ ।

प्रतिक्रिया