गुरुङको ‘एकल सांस्कृतिक साँझ’ हुने

काठमाडौं । नेपाली संगीतमा लामो समयदेखि साधनारत वरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङको एकल साँझ हुने भएको छ । आगामी मंसिर १५ गते राष्ट्रिय नाचघरमा साँझ हुने जनाइएको छ । शास्त्रीय, आधुनिक तथा चलचित्रमा गरेर करीब एक हजार गीतमा सङ्गीत भरेका गुरुङले ५० वर्ष उमेर पूरा गरेको अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको हो ।

विभिन्न समयमा गुरुङले आफैँँ गाएका उत्कृट गीतमध्ये १६ गीत सांस्कृतिक साँझमा गाउनेछन् । नेपाल प्रज्ञा–प्रतिष्ठानमा करीब तीन दशक लामो जागिरे जीवन बिताएका उनले गीत तथा सङ्गीत प्रशिक्षण गर्दै आएका छन् । उनका विद्यार्थीले उनको जीवनका विभिन्न आयामलाई समेटेर वृत्तचित्र निर्माण गर्न लागेको गायक नवीन राईले जानकारी दिए ।

प्रतिक्रिया