सुशीला कार्कीको ‘न्याय’ सार्वजनिक

काठमाडौं । पूर्व–प्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । कार्यक्रममा उपस्थित अतिथिहरूले सो पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व–प्रधानन्यायाधीश सुशीला कार्कीले आफूले न्यायपालिकामा रहेर जनताको सेवा गर्न पाएकोमा खुसी मान्दै आम–जनताप्रति आभार व्यक्त गरिन् । कार्कीले न्यायपालिका पूर्णतः स्वतन्त्र हुनुपर्नेमा जोड दिइन् ।

उनले आफूले आफ्ना भावना सबै पुस्तकमा उतारेको बताइन् । कार्यक्रमका अर्का वक्ता प्रा. केदारभक्त माथेमाले नैतिकवानहरूको खडेरी परेको आजको समयमा पुस्तक आएको र यसले युवा वर्गलाई नैतिकतातर्फ उन्मुख हुन प्रेरित गर्ने बताए । अर्का वक्ता दुर्गा सुवेदीले पुस्तकमा सुशीला कार्कीको कर्मको कथा लेखिएको बताए ।

कार्यक्रमका अर्का वक्ता प्राडा. गोविन्द केसीले सुशीला कार्कीले आफूहरूले उठाएको आवाजलाई सडकमै आएर समर्थन गरेको सम्झना गर्दै सरल भाषामा लेखिएको पुस्तकले विकृति विसंगतिमाथि प्रहार गरेको उल्लेख गरे । सार्वजनिक गरिएको पुस्तक ‘न्याय’ माथि सुरेन्द्र भण्डारीले समीक्षात्मक टिप्पणी गरेका थिए ।

प्रतिक्रिया