गायिकाले स्टेजमै कपडा खोलेपछि…

बाँके । कोहलपुरमा चलिरहेको औद्योगिक व्यापार तथा पर्यटन महोत्सवमा गायिका सरस्वती लामाले स्टेजमै कपडा खोलेपछि हंगामा मच्चिएको छ । उनको हर्कतका कारण सांगीतिक कार्यक्रम नै रद्द गर्नुपरेको छ । महोत्सवमा उनलाई गायिकाका रूपमा निमन्त्रणा गरिएको थियो । गायिका लामा जब स्टेज चढिन्, तब उनले उत्पात मच्चाउन थालिन् । स्टेजमा उनले गीत गाउँदै कपडा उतार्न थालिन् । उनले उत्तेजित हुँदै कपडा खोल्न थालेपछि प्रहरी नै कार्यक्रममा आउनुपर्ने अवस्था आयो ।

उनका हर्कतका कारण कार्यक्रम हेरिरहेका युवाहरू उत्तेजित बन्दै गए । उनीहरूले गायिकासँग ‘कोभन्दा को कम’ शैलीमा कपडा उतार्दै गए । युवाहरू यति उत्तेजित भए कि, त्यहाँ कार्यक्रममा पुगेकी अर्की महिलाको कपडा च्यातियो । त्यसपछि, कार्यक्रममा हुलदंगा मच्याउने तीन युवासहित गायिका लामालाई नियन्त्रणमा लिएर सुरक्षित स्थानमा पु¥याइयो ।

महोत्सवमा लामा लगायतका कलाकारलाई नबोलाउन आयोजक र सुरक्षाकर्मीबीच छलफल नै चलेको कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले बताए । उनले भने, ‘तर त्यस्ता कलाकार नराखी कार्यक्रमको रौनक हुँदैन भन्ने लागेछ क्यारे,’ उनीहरूलाई बोलाइएछ । स्टेजमा उक्लिएको १० मिनेटमै हंगामा मच्याइदिए ।’रक गायिका भनेर आफूलाई चिनाउने सरस्वती लामा अश्लिल हर्कतका कारण सामाजिक सञ्जालमा बढी चर्चित छिन् । उनको गायकीभन्दा पनि उच्छृंखल स्टेज प्रस्तुतिका कारण उनी चर्चामा छिन् ।

प्रतिक्रिया