रक व्यान्ड द भाइब्जको नेपालमा पहिलो प्रस्तुति

vibesकाठमाडौं, १४ कात्तिक । अमेरिकी सहरमा प्रस्तुत हुँदै आएको लोकप्रिय नेप्लिज अमेरिकन रक ब्यान्ड द भाइब्जले अब पहिलोपटक नेपालमा पनि आफ्नो प्रस्तुति दिने भएको छ । ब्यान्डले आगामी शुक्रबार पाटन संग्रहालयमा पहिलोपटक कन्सर्ट गरी दर्शकलाई रकिङ गराउने भएको छ । द भाइब्जको साथमा अर्को चर्चिर्त ब्यान्ड द अग्लिज पनि हुनेछ । चुज अर लुज नाममा यी दुई ब्यान्डले रकिङ गराउने कार्यक्रमलाई कन्सर्टलाई नेपाल आइसले प्रस्तुत गर्न लागेको हो । कन्सर्टका लागि दुवै ब्यान्डले एक साथ अभ्यास गरिरहेका छन् ।

कन्सर्टमा द अग्लिज ब्यान्डका सरुन ताम्राकार भने प्राविधिक कारण्ँले अनुपस्थित रहनेछन् । कन्सर्ट बेलुकी ६ बजे सुरु हुनेछ ।
‘विश्वका सबै युवाहरु राजनीतिमा सक्रिय रहँदैनन् । उनीहरु मतदान गर्ने कर्तब्यसमेत पालना गर्दैनन् । हामीले सही नेतृत्व चयन गर्न सक्नुपर्छ’ भाइब्जका ड्रमर दिरेकलाल श्रेष्ठले भने । भाइब्जले अमेरीकासँग सिकेको नेपाली युवाहरूसँग सेयर गर्ने उनी बताउँछन् । ‘आफ्नो भविष्यलाई उज्ज्वल पार्न हामीले मतदान गर्नैपर्छ । आफ्नो नेता आफैँले चयन गर्नुपर्छ ।’ उनले अघि भने ।
कन्सर्टमा द भाइब्जले आफ्नो पहिलो एल्बम द भाइब्ज जेनेरेसनका थाकिसकेँ, त्यही पल, आमा तथा दोस्रो एल्बम को हुँ म कहाँ फसेँ म, हाम्रो तारा, को हुँ मलगायत हिट नम्बर सुनाइ दर्शकलाई रकिङ गराउनेछ । त्यसै गरी द अग्लिजले आफ्नो हिट गीतहरु गाउँदै जाँदै, मायाका साथमा केही अंग्रेजी गीत पस्केर दर्शक उचाल्ने कोशिस गर्नेछ । द भाइब्जका तर्फबाट भोकलिस्ट प्रइन सिंह, ड्रमर दिरेकलाल श्रेष्ठ, गितारिस्ट रूपक लामा, बाँसुरी उमेश पण्डित कन्सर्टमा प्रस्तुत हुनेछन् । अग्लिजका तर्फबाट ड्रमर तथा भोकलिस्टका रूपमा रकिनलाल श्रेष्ठ प्रस्तुत हुनेछन् । लिड गितारमा सुदिप ताम्रकार, वेस गितारमा माणिक बानियाँ, र किबोर्डमा सचिन बज्राचार्य प्रस्तुत हुनेछन् ।
दोस्रो एलबम को हुँ म को सार्वजनिक गरेलगत्तै ब्यान्डले नेपालमा पहिलोपटक बृहत कन्सर्ट आयोजना गर्न लागेको हो । अघिल्लो शुक्रबार पनि भाइब्ज ब्यान्ड राजधानीवासी माझ एक सांगीतिक कार्यक्रममार्फत प्रस्तुत भएको थियो । राजधानीको सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजामा एनआएरएनद्वारा आयोजित कार्यक्रममा युथ प्रोग्राम शुभारम्भ गर्दै ब्यान्डले आफ्नो सांगीतिक प्रस्तुतिको अलावा पछिल्लो एल्बम को हुँ म मा रहेको गीत फसेँ म को म्युजिक भिडियोको वल्र्ड प्रिमियर गरेको थियो । पहिलो एल्बम द भाइब्ज जेनेरेसनबाटै नेपाली सांगीतिक आकाशमा धुम मच्चएको द भाइब्जले त्यस्तै आकर्षक गीतहरूका साथ दास्रो एल्बम को हुँ म बजारमा ल्याएको छ ।
नेपालदेखि अमेरिकासम्म उत्तिकै लोकप्रिय रहेको ब्यान्ड द भाइब्जले रक संगीतमा पनि उच्चस्तरको गीतसंगीतमा मात्र विश्वास राख्ने र सोही बमोजिमको सांगीतिक सिर्जना पस्कने भएकाले स्तरीयतालाई कायम राख्दै चार वर्षको अन्तरालपछि मात्रै दास्रो एल्बम तयार पारेको बताएको छ । यसअघि सन् २००९ मा पहिलो एल्बम द भाइब्ज जेनेरेसन बजारमा ल्याएको थियो । नेपाल र अमेरिकाका नेपाली रक प्रेमीद्वारा अत्याधिक रुचाइएको ब्यान्डले एल्बम बजारमा आएकै वर्ष हिट्स एफएम अवार्ड र इमेज अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड जित्न सफल भएको थियो । सोही एल्बमको थाकिसकेँ बोलको गीतमाथि बनेको म्युजिक भिडियोले लामो समयसम्म नेपाली टेलिजिभन च्यानलहरूको हिट लिस्टमा उत्कृष्ट स्थान कायम गरेको थियो ।
सो म्युजिक भिडियो ६ लाख ४० हजार रुपियाँ (१० हजार डलर) को लागतमा निर्माण्ँ भएको थियो । ब्यान्डको दोस्रो एल्बममा कुल ७ गीत रहेका छन् । यसमा पप रक र आधुनिक गीतका साथमा अंग्रेजी गीतसमेत संंग्रह गरिएको छ । एल्बममा हाम्रो तारा, फसेँ म, निर्मोही को हुँ म र अवेकन गरी ५ नयाँ गीत छन् भने बोनस गीतका रूपमा बन्धक र तस्बिर तिम्रो बोलका गीत संग्रहित छन् । एल्बमका यी गीतमा जयराज गौतम, मानोषी सिंह, शरद युवराज सिंह, रूपक लामा, रामकुमार श्रेष्ठ र प्रतिमा प्रधानका रचना छन् । यसको गीतमा श्रुती सिंह र अमेरिकन सिंगर निकोल पार्नेलले फिचरिङ गरेका छन् । एल्बममा रहेको २ गीतको म्युजिक भिडियो नेपालमा खिचिएको छ भने १ गीत अमेरिकामा खिचिएको छ ।

प्रतिक्रिया