‘मधुमास’ को अफिसियल ट्रेलर सार्वजनिक

आर्यन सिग्देल र पूजा शर्माको प्रमुख भूमिका रहेको चलचित्र ‘मधुमास’को पहिलो अफिसियल ट्रेलर सार्वजनिक भएको छ । निर्देशक सुदर्शन थापाले बिहीबार दिउँसो युट्युबमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरेका हुन् । ट्रेलरमा आर्यनसँगै अर्का अभिनेता मनोज आरसीलाई निकै हाइलाइट गरिएको छ । २ मिनेट ४ सेकेन्डको उक्त ट्रेलरमा पूजा र अर्की अभिनेत्री शिवांगी राणालाई पनि देख्न सकिन्छ ।
शिवांगीले बोलेको ‘आई एम प्रेग्नेन्ट’ संवाद पनि ट्रेलरमा समेटिएको छ । ट्रेलरले फिल्म एक्सन प्रधान भएको छनक दिएको छ । ‘मधुमास’लाई फ्राइडे फिल्मस्को ब्यानरमा थापा र बाबुराम ढकालले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा रमेश थापाको पनि लगानी रहेको छ । चलचित्रलाई दीपक वज्राचार्यले खिचेका हुन् भने कोरियोग्राफी रेनेशा राईले गरेकी छिन् । संगीत सुरेश अधिकारी, सम्पादन राजु ढुंगाना र एक्सन हिमाल केसीको रहेको निर्माण पक्षले जनाएको छ । यो चलचित्र ८ गतेबाट अल नेपाल प्रदर्शन हुनेछ । (सौस)

प्रतिक्रिया