हरिवंशसँगै अनाथ बालबालिकाको माउन्टेन फ्लाइट

काठमाडौं : हास्यकलाकार हरिवंश आचार्यका लागि शनिबारको दिन विशेष रह्यो । कारण थियो, उनले जीवनमा पहिलोपटक माउन्टेन फ्लाइटको अनुभव लिए । कलाकारिताको सिलसिलामा देशविदेश घुम्न भ्याएका आचार्यले माउन्टेन फ्लाइट भने अहिलेसम्म गरेका रहेनछन् । उनलाई यो अवसर जुराइदियो यति एअरलाएन्सले ।
राष्ट्रिय बालदिवसका अवसरमा यति एअरलाएन्सले काठमाडौं बालमन्दिरमा रहेका १८ जना अनाथ बालबालिकालाई माउन्टेन फ्लाइट गराएको थियो, जसमा हास्यकलाकार आचार्य प्रमुख अतिथि थिए । पानी परेपछि खुलेको आकाशमा माउन्टेन फ्लाइट गर्दा निकै रमाइलो अनुभव भएको आचार्यले बताए । अनाथ बालबालिका पनि विश्वकै अग्लो हिमाल सगरमाथा देखेर निकै नै खुसी देखिन्थे । एक घन्टा लामो पर्वतीय उडानमा विभिन्न हिमश्रृंखलाहरूको दृश्यावलोकन गरेका थिए बालबालिकाले । विमानभित्रै बालदिवस मनाइएको नेपालमै पहिलोपटक हो ।

प्रतिक्रिया