‘ढुवानी’ प्रदर्शनको अन्तिम तयारीमा

Dhuwani Kabita Shresthaकाठमाडौं । चेलिबेटी बेचबिखनको मुद्दालाई सुक्ष्मरुपमा उठाइएको चलचित्र ढुवानी एकसाथ देशबिदेशमा प्रर्दशनमा आउने भएको छ ।
चलचित्र एकैसाथ बिभिन्न देशमा प्रर्दशनमा ल्याउने तयारीमा लागेको निर्माता कबिता श्रेष्ठले जानकारी गराइन् ।
स्वदेशमा भादौ–२८ गतेबाट प्रर्दशनमा आउन लागेको ‘ढुवानी’ कविताको प्रस्तुति हो । चलचित्र मञ्जील श्रेष्ठले निर्माण गरेका हुन् ।
पिताम्बर पाण्डेको निर्देशनमा तयार भएको चलचित्रमा बिषेश गरेर नेपालबाट कसरी चेलीबेटी भारतको वेश्वालयसम्म पुर्‍याइन्छ भन्ने कुरालाई उठाइएको छ ।
चलचित्रमा किशोर खतिवडा, प्रबीन खतिवडा, धिरेन्द्रराज थापा, सगुन शाही, अनुजा गायकलगायतले अभिनय गरेका छन् ।
हरि लम्सालको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्र हिन्दी, अंग्रेजी र अरबिक भाषामा सब–टाईटल राखिएको छ ।
विश्वभर देखाउने तयारीमा आफूले तयारी गरेको निर्माता कबिताले बताइन् ।

प्रतिक्रिया