रुकुमको विकासका लागि पद्माको ‘नजर’

Nazar Padhama'sकाठमाडौं । रुकुमको झुम्लावाङ्लाई दिगो विकासको क्षेत्रमा नमूना गाउँ बनाउने उद्देश्यका साथ गीतकार पद्मा लिंखा मगरले तयार पारेको गीति एल्बम नजर बजारमा आएको छ ।
राजेश थापाले संगीत दिएको उक्त एल्बम शनिबार राजधानीमा आयोजित कार्यक्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङले लोकार्पण गरे । निष्ठा म्युजिकले बजारमा ल्याएको नजर एल्बममा आठवटा गीत संग्रहित छन् ।
गीतहरुमा संगीता राना, उदय सोताङ, राजेश पायल राई, रीमा गुरुङ होडा, स्वरुपराज आचार्य, अञ्जु पन्त र दीपक लिम्बूको स्वर समेटिएको छ ।
संगीतकार थापाले वर्षदिनको अभ्यासपछि एल्बम तयार भएको उल्लेख गर्दै नजर एल्बममा सुगम संगीतसाग संवद्ध गीतहरु समावेश रहेको जानकारी दिए । ‘हामीले यसलाई सामाजिक कार्यमा जोडेका छौं,’ थापाले भने, ‘तपाईंहरुले सहयोग गरिदिनुहुन्छ भन्ने अपेक्षा छ ।’
अमेरिकामा बस्दै आएकी गीतकार पद्माले शुभकामना सन्देशमार्फत परिस्थिति र बाध्यताले विदेशमा रहँदा देशको सम्झनाले सताउँदा कोरिएका आफ्ना सिकारु सिर्जनालाई जे जसो भए पनि एल्बमका रुपमा ल्याउन पाउँदा भाग्यमानी महसुस गरेको बताईन् ।

प्रतिक्रिया