नयाँघरेलाई बुस्ट मिडिया सम्मान

Sammanaकाठमाडौं : हरेक वर्ष झै यसवर्ष पनि बुष्ट मिडिया प्रा.लि.ले आयोजना गरेको बुष्ट मिडिया सम्मान तथा प्रमाण पत्र कार्यक्रममा नेपाली साहित्य, संगित, सञ्चार तथा शिक्षा क्षेत्रका विभिन्न हस्तिलाई सम्मान गरियो ।
साहित्यक्षेत्रमा ०६५ सालको मदन पुरस्कार विजेता युवराज नयाँ–घरेलगायत सांगीतिक क्षेत्रमा लोकगीत गायक कुमार बस्नेत, सञ्चारक्षेत्रमा रंगकर्मी मदनदास श्रेष्ठ तथा शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका शिक्षाविद् डा. घनश्याम भट्टराईलाई सम्मान गरिएको थियो । होटल क्राउनप्लाजा नक्सालमा संस्थाका संस्थापक विदुरकुमार श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा बुष्ट मिडियाका प्रशिक्षित विद्यार्थीले आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । (सौस)

प्रतिक्रिया