नशाका कारण चर्चामा पुनम

poonamमुम्बई : अभिनेत्री पुनम पाण्डे बलिउडमा कन्ट्रोबर्सी क्बनका रूपमा परिचित छिन् । बलिउडमा आफ्नो चर्चाको केही कमी महसुस भयो कि उनी केही न केही हत्कन्डा अपनाउँछिन् । जसको कारण उनी सधैँँ चर्चामा रहन सफल छिन् ।
सधैँँ आफँैले हत्कन्डा गरेर आफूलाई चर्चाको लिस्टमा पार्न सफल पाण्डे अहिले पनि चर्चामा छिन् । यतिबेला पाण्डे कुनै हत्कन्डाका कारणले चर्चामा रहेकी होइनन् । अहिले उनलाई चर्चा चलचित्र नशाले दिलाएको हो । चलचित्रको हालै फस्ट लुक सार्वजनिक गरिएको छ । नशाको रिलिजको निर्माण पक्षले आगामी जुलाई तोकेको छ ।
मेरी आमा त्यो दिन एकदम खुसी भइन्, जुन दिन उनले मैले नशा चलचित्र अभिनय गरेको थाहा पाइन् । पाण्डेले भनिन्, ‘चलचित्रको अभिनय मात्र हैन उनले त ट्विटरमा मैले राखेको फोटोको समेत प्रशंसा गर्छिन् ।’ चलचित्र नशामा आफ्नो हट अभिनयका कारण चर्चा बटुल्न सफल अभिनेत्री पुनमले यसमा सेन्सर बोर्डले आपत्ति जनाउने केही दृश्य नरहको । उनले भनिन्, ‘यो चलचित्रमा हटसिन छ । तर, पोर्न छैन ।’ चलचित्रको कथामा एकदमै राम्रो र सललबहेकोले चलचित्र पनि राम्रो बनेको हुन सक्ने उनले अनुमान लगाइन् ।
चलचित्रमा पुनमले जुनियर कलाकारको साथमा पनि बेडसिन पनि दिएकी छन् भने केही सिनमा उनी टपलेससमेत देखिएकी छन् । तर, यी सिनलाई सामान्य सिन उनले मान्दै आएकी छन् । चलचित्रका निर्देशक अमित सक्सेना हुन् । चलचित्रको सम्पूर्ण काम सकिएको सक्सनाले सार्वजनिक गरेका छन् । अमितले यसअगाडि जोन अब्राहम र बिपासा बसुलाई लिएर चलचित्र जिस्म बनाएका थिए । जुन बलिउडका सफल चलचित्रको लिस्टमा सामिल छ । (एजेन्सी)

प्रतिक्रिया