चौधरीको काव्ययात्रा दुबईबाट

photo_काठमाडौं : पछिल्लो समयमा चर्चित बन्दै गएका गीतकार तथा कवि वसन्त चौधरीको पाँचौँ गीति एल्बम लभ फर एभरको लोकार्पण युनाइटेड अरब इमिरेट्सको दुबई सहरमा भएको छ । एकल विश्व काव्य–यात्रामा निस्केका चौधरीले सो अवसरमा आºना विशिष्ट साहित्यिक बान्कीहरू प्रस्तुत गरे ।
युनाइटेड अरब इमिरेट्सका लागि नेपाली राजदूत श्री धनञ्जय झाको प्रमुख आतिथ्यमा एल्बम लभ फर एभर लोकार्पण गरिएको हो ।
एल्बम लोकार्पणपछि राजदूत झाले भने, ‘उद्योग–व्यापारीको मन–मस्तिष्क र मुटु पनि कठोर हुन्छ, तिनीहरूले मीठो बोली हाले पनि ती वास्तवमै कठोर हुन्छन्, लेख्नै परे युद्धका कुरा लेख्छन् भन्ने आफूलाई लाग्थ्यो ।’ तर, कवि चौधरीलाई भेट्दा आफ्नो सोचाइ सोहै्र आना गलत साबित भएको बताए । ‘चौधरीको आवाज कोमल र मुटु पनि कोमल रहेछ र उनका रचना प्रेमरसले भरिपूर्ण र साहै्र कोमल रहेछन्,’ झाले थपे ।
इम्पेरियल स्विट्स्मा शुक्रबार साँझ सम्पन्न समारोहमा १ सय ५० भन्दा बढी विशिष्ट व्यक्तित्वहरूमाझ चौधरीले मेघा कविता संग्रहका केही र केही नवीनतम् कविता वाचन गरे ।
चौधरीका एल्बममा ९ गीत रहेका छन् । संगीतकार न्ह्यू बज्राचार्यको संगीत तिमीबाहेक मेरो भन्नु, तिमी नजिक आउँदा, तिमीले थाप्यौ मायाको जालो, यो मन मेरो, सबै कुरा भने, मैले हात समाउँदा, बोलीभन्दा तिम्रो हाँसो, कति घुम्ती कति मोड र तिमी आयौ, बहार आयो रहेका छन् । (सौस)

प्रतिक्रिया