निर्माता पहारीलाई पितृशोक

काठमाडौं :  चलचित्र ‘के यो माया हो’का निर्माता सुरेश पहारीलाई पितृशोक परेको छ । सुरेशका ७८ वर्षीय बाबु दीनानाथ पहारीको आइतबार साँझ तनहुँको खैरेनीमा निधन भएको हो ।
लामो समयदेखि दम रोगबाट पीडित पहारीको स्नायुमा समस्या देखिएपछि उपचारार्थ तीन साताअघि राजधानीको न्युरो हस्पिटलमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकले बाँच्ने आश मारेपछि उनलाई आइतबार आफ्नै घर (पोखरा) फर्काइँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । दिवंगत पहारीका पत्नी, सुरेशसहित तीन छोरा र तीन छोरी छन् । (सौस)

प्रतिक्रिया