मेरीबास्सैले जीवन दियो

balchi-dhurbeमरीचमान श्रेष्ठ उर्फ मेरी बास्सैका ‘बल्छी धु्रवे’ केटाकेटीदेखि बूढाबूढीका जिब्रमो झुन्डिन सफल नाम हो । टेलिशृंखला मेरीबास्सैमार्फत छोटो समयमै चर्चामा आउन सफल श्रेष्ठलाई यतिबेला महोत्सवले भात न पानी बनाएको छ । एक वर्षअघि तीतोसत्यमा अभिनय गर्ने कलाकार आरपी भट्टराई ‘लाजालाम’स“गको जोडीका रूपमा विभिन्न कार्यक्रममा सहभागी भएका श्रेष्ठ जोडीकै रूपमा पनि पछिल्लो समय चर्चित बन्न सफल भए ।
०४५ मा गोरखा जिल्लाको ताकुकोटस्थित केटथोकमा जन्मिएका श्रेष्ठलाई अहिले काठमाडांैमै चा“दी कटाइ छ । सजिलै कलाकारितामा प्रवेश गरेका उनी कलालाइनमा अगाडि बढ्न अरूको गुलामी गर्नुपर्ने धारणा राख्छन् । यिनै कलाकारको मेरीबास्सै अभिनय प्रवेश, अभिनय र अनुभव उनकै शब्दमा ।
म स्कुले जीवनदेखि नै सानोतिनो हास्यव्यंग्य कार्यक्रममा सहभागी हुन्थ“े । यस्तै, कार्यक्रममा एकपटक स्कुलमा प्रथमसमेत भए“ । यसपछि कलाकारितामा केही गर्नुपर्छ भन्ने सोच पलाएको ममा मेरा शिक्षक, विद्यार्थी साथी र घरपरिवाको हौसलाले कलाकारितालाई निरन्तरता दिए“ । ०६३ तिर होला । म पहिलोपटक काठमाडौं आएको । एसएलसी पास गरेर काठमाडौं छिरेकाले उच्च शिक्षा अध्ययनका लागि ललितकला क्याम्पसमा भर्ना भए“ । अध्ययनस“गै अभिनय पनि मेरो रुचिको विषय भएकाले अभिनयतिरसमेत पाइला बढाए । जसका लागि मैले दर्पण फिल्मम्स प्रालिमा अभिनय सिक्न थाले“ । यही क्रममा एकपटक जितु नेपालस“ग भेट भयो । जिरे खुर्सानीमा अभिनय गर्न मैले उहा“कहा“ ६ महिना धाउ“दा बल्ल–बल्ल एउटा मात्र डाइलग बोल्न पाए“ । मेरो सानो पर्दाको कलाकारिताको सुरु नै त्यही“बाट भयो । त्यो अभिनयले आज म बल्छी धु्रवे भनेर चिनिन सफल भए“ ।
जिरे खुर्सानीकै सुटिङमा जा“दा केदार घिमिरे (माग्ने बूढा)स“ग भेट भयो । उहा“का अगाडि मैले मेरीबास्सैमा खेल्ने इच्छा व्यक्त गरे“ । उहा“ले खेलाउने आश्वासन दिनुभयो । त्यसको केही दिनपछि सीताराम कट्टेल (धुर्मुस)स“ग भेट भयो, उहा“ले पनि मलाई अभिनय गराउने आश्वासन दिनुभयो । म मेरीबास्सैमा खेल्न सफल भए“ । अभिनय गरेको केही सातामै मेरो चर्चा भयो । मेरीबास्सैकै केदार दाइ र सीताराम दाइ कर्मले मेरा भगवान् हुन् । मेरीबास्सैमा अभिनय गराएर उहा“हरूले मलाई तिर्न नसक्ने गुन लगाउनुभयो ।
त्यसपछिका दिन उहा“हरूकै मायाले काम गरिरहेको छु । अहिले सो शृंखलामा अभिनय मात्र होइन सहायक निर्देशनका समेत काम गर्छु । आफू म्युजिकको विद्यार्थी भएकाले शास्त्रीय संगीत तेस्रो वर्षमा अध्ययन जारी छ । यही वर्षभित्रै केही गीत गाउने तयारी गर्दै छु । नाम र दाम अहिले कमाएको छु । अन्य कलाकारभन्दा हास्यकलाकारका माग महोत्सवलगायत कार्यक्रममा बढी हु“दो रहेछ ।
अहिले काठमाडांैमा मलाई कुनै दुुःख छैन । परिवार त्यति कमजोर नभएकाले होला कलाकारिताबाट कमाएको प्रशंसा आºनो खर्च छुट्याएर घरमा पठाउ“छु तर घरबाट पैसा थपेर पठाउ“छन् । गाउ“ हतपत्ती जान नपाइने भएकाले होला, धेरै याद आउ“छ । गाउ“ विकासका लागि पनि कलाकारिता क्षेत्रबाटै केही गर्ने सोच छ ।
कलाकार भएपछि मान–सम्मान र इज्जत धेरै पाइ“दो रहेछ । त्यसैले होला केटीहरूको प्रपोजले मोबाइलको म्यासेजबक्स भरिन्छ । कतै–कतै राम्री केटीहरूले समेत आ“खा लगाउ“छन्, कतै–कतै आफ“ैले लगाउनुपर्छ । अहिले म एउटी केटीलाई मन पराउ“छु उनी पनि मलाई मन पराउ“छिन् । भेटघाट र टेलिफोन वार्तामा मन आनन्दित हुन्छ । प्रत्येक दिन सुत्नेबेला उनले फोन गरिनन् भने म निदाउनै सक्दिन“ । धेरै केटी फोन गर्नू भन्छन् तर म तिनीहरूलाई फोन गरेर पैसा सक्नुभन्दा गाउ“का बुबाआमालाई फोन गर्नु उचित लाग्छ । तर, प्रेमिकालाई भने फोन गर्छु किनकि उनी मेरी जीवनसाथी हुन् ।
आगामी असार २१ गते हामी दुवै विदेश जँ“दै छौ“ । यो मेरो पहिलो विदेश यात्रा हो । आरपी भट्टराई, हिमाल सागरलगायतको टोली एक कार्यक्रममा सहभागी ह“ुदै छ । दुबईमा कार्यक्रम सम्पन्न भयो भने मेरो ३ सय ५०औ“ स्टेज कार्यक्रम हुनेछ । दुबईबाट फर्र्किएर आएपछि फेरि मेरीबास्सैलाई नै निरन्तरता दिन्छु । केदार दाइले नेपालको पहाडी भेगमा माछा मारेर गुजारा गर्ने माझी समुदायको चरितार्थ गर्न मलाई बल्छी धु्रवेको रोल बनाइदिनुभएको हो । तर, मैले वास्तविक जीवनमा माछा मार्न जानेको छैन । सीताराम कट्टेल धुर्मुस र केदार घिमिरे माग्ने बूढालाई मैले कहिल्यै बिर्सनुहुन्न ।
प्रस्तुति ः रामप्रसाद भट्टराई

प्रतिक्रिया