कलाकारले गरे बाग्मती सफाइ

bagmati-ma-badri-pangeniकाठमाडौं : कलाकारका अचेल सामाजिक कार्यमा निकै सक्रियता रहने गरेको छ । उनीहरू कहिले एचआइभीविरुद्धको अभियानमा सहभागिता जनाउँछन् त कहिले महिला हिंसाका । यिनै कलाकार आइतबार बाग्मती नदीको फोहोर सफा गर्ने क्रममा देखिए ।
सफाइ अभियानमा अभिनेता राजेश हमालदेखि अन्तरिम चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मी, कलाकार संघका अध्यक्ष नवल खड्का, अभिनेत्री पूजना स्त्री, गरिमा पन्त, बद्री बंगेनी, अशिष्मा नकर्मी, कलाकार लक्ष्मी गिरी, रमेश बुढाथोकीलगायत चलेका नचलेका प्राय: सबै कलाकर्मीको सहभागिता थियो । बिहानको कार्यक्रममा सायदै पुग्ने गरेका अभिनेता राजेश हमाल बाग्मती सफाइका लागि माक्स र पन्जा लगाएर बाग्मतीमा पसे । नायकको यो कार्य कति दर्शकले उत्साहपूर्वक हेरे भने कतिले साथ दिए ।
शनिबार दशरथ रंगशालामा कलाकार विज्ञापन एजेन्सी ‘आन’सँग मैत्रिपूर्ण फुटबल खेलेका कलाकारले यसअघि काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा कुचो लगाएर सरसफाइ अभियान चलाएका थिए । (सौस)

प्रतिक्रिया