एसएलसी प्रिन्सेज विद्यार्थीका लागि

काठमाडौं : एसएलसी दिएर बसेका युवतीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले एसएलसी प्रिन्सेज–२०१३ को आयोजना हुने भएको छ । विगत २ वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको सिजन मिडियाले यस वर्षको आवेदन फर्म खुला गरेको बताएको छ ।
५० प्रतियोगीको सहभागिता रहने यस प्रतियोगितामा उपत्यका भित्रबाट ४० र मोफसलबाट १० किशोरीलाई सहभागी गराउने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरूलाई पौडी, शारीरिक व्यायाम, फोटो सेसन, व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण विभिन्न प्रशिक्षणमा सहभागी गराइनेछ । प्रशिक्षणकै क्रममा राजधानीका विभिन्न कलेजको भ्रमण गराउनुका साथै कलेजमा अध्ययन गराइने सम्पूर्ण विषयका बारेमा पनि जानकारीसमेत दिइनेछ ।
आगामी असार १ गते जमलस्थित नाचघरमा अन्तिम प्रतिस्प्रर्धा हुने यस प्रतियोगिताकी विजेताले शीर्ष उपाधिसहित ल्यापटप, मोबाइलफोन सेट र प्लसटु तह अध्ययनका लागि २ लाख रुपियाँ बराबरको पूर्ण छात्रवृत्ती पाउनेछन् । फस्ट रनर अप र सेकेन्ड रनर अपले भने क्रमश: ल्यापटप, मोबाइल फोन सेट र २ वर्षको पूर्ण छात्रवृत्तीमा पढ्न पाउनेछन् । सहभागी सम्पूर्ण प्रतियोगीलाई समेत विभिन्न कलेजबाट छात्रवृत्तीको व्यवस्था गरिएको यस प्रतियोगिताको अन्तिम प्रतिस्प्रर्धा सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ । (सौस)

प्रतिक्रिया