‘ग्ल्यामरले चिनिन चाहन्न’

Iliyana-Disujaमुम्बई : ‘बर्फी’बाट बलिउड करियर सुरु गरेकी दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री इलियाना डिक्रुज अचेल निकै व्यस्त रहेकी छन् । ‘बर्फी’ले उनको बलिउड क्यारियर सुरुआत गराएको मात्र होइन उनलाई अभिनयमा निकै व्यस्त पनि बनाएको छ । ‘बर्फी’को सफलता सँगै उनका हातमा एकपछि अर्को गर्दै लगातार चलचित्र परिरहेका छन् । पछिल्लोसमय चलचित्र निर्माणमा बिगब्यानर मानिएको यशराज ब्यानरको चलचित्रसमेत उनको हातमा परेको छ । बलिउड करियरको सुरुआतमै आफू यशराज ब्यानरमा कामगर्न पाएकोमा उनी आफूलाई निकै भाग्यमानी भएको बताउँदै आएकी छन् ।
‘बलिउड अभिनयको सुरुआतमा नै म आदित्य चोपडाजस्ता निर्देशकको छनोटमा पर्न सफल भएँ, यो मेरालागि सबैभन्दा खुसीको क्षण हो’, डिक्रुजले भनिन् । चोपडाको चलचित्रमा मेरो अपोजिसनमा अभिनेता अर्जुन कपुर रहेका छन् । यशराज ब्यानरको छनोटमा अभिनय क्षमताका कारण पर्न सफल भएको बताउँदै उनले थपिन् यशराज ब्यानरले विनाखुबीका कलाकारलाई आफ्नो चलचित्रमा अनुबन्धित गराउँदैनन् । केही पहिले चलचित्र ‘फटा पोस्टर निकला हिरो’मा समेत उनले अभिनय गरेकी छन् । यसमा राम्रो अभिनय गरेको उनले खुलाइन्् । यो चलचित्र अहिले चर्चाभन्दा बाहिर छ । चलचित्र पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको र छिट्टै प्रचार/प्रसारमा आउने उनले बताइन् । लामो समयपछि पुन: चलचित्र अभिनयमा फर्केकी एक जमानाकी नम्बर वान अभिनेत्री पद्मिनी कोल्हापुरीसँग उनले यसमा अभिनय गरेकी छन् ।
शाहिद कपुर, रणवीर कपुरको साथमा अभिनय गर्न पाउनु आफ्नालागि गर्वको कुरा हो उनले बताइन् । उनी ‘बर्फी’ चलचित्रमा रणवीरसँग काम गर्दाको अनुभव जीवनभर भुल्न नसक्ने बताउँछिन् । भन्छिन्, ‘रणवीर एक सम्वेदनशील तथा को–अपरेटिभ अभिनेता हन्’ । बलिउड चलचित्र क्षेत्रमा केही अभिनेत्री सिर्फ ‘ग्ल्यामर–गर्ल’ मात्र बनेर रहेको उल्लेख गर्दे उनले आफू सोमा मात्र सीमित रहने चाहना नभएको बताइन् । डिक्रुजमा सुन्दरता र ग्ल्यामरले भन्दा अभिनयका कारणले अरूको प्रशंसा पाउने भूमिकामा अभिनय गर्ने चाहाना छ । आफ्नो चाहानाअनुसारको रोल पाए आफू जस्तोसुकै मूल्य चुकाएर पनि अभिनय गर्न तयार रहेको उनी बताउँछिन् । अभिनयका अलवा हिन्दी बोल्ने र लेख्ने प्रशिक्षणसमेत जारी राखेकी उनले चलचित्र संवादमा वास्तविकता ल्याउन उक्त प्रशिक्षण लिएको सुनाइन् । पहिलो चलचित्र ‘बर्फी’ अभिनयकै क्रममा लफडाबाजी अभिनेत्री भनेर मिडियामा चर्चा पाएकी उनी त्यो चर्चा वास्तविक नभएको बताउँछिन् । भन्छिन् म सबैसँग मिलेर काम गर्न सक्ने अभिनेत्री हुँ । मेरा बारेमा बाहिर आएका नकारात्मक समाचार सबै झुट हुन् । (एजेन्सी)

प्रतिक्रिया