किरातीले ल्याए ‘म धर्ती’

काठमाडौ. : राजनीतिज्ञ भूपाल किराती गीतकार पनि भएका छन् । सोलुखुम्बु जिल्लाबाट राजनीति गर्दै आएका उनले म धर्ती नामक सन्देशमूलक गीतिसंग्रह श्रोतामाझ ल्याएका छन् । हालै नक्सालस्थित ब्यांक्वेट क्लबमा विमोचन गरिएको एल्बममा जसिहाङ राईको एकल संगीत छ । संग्रहमा म धर्ती, गुरु तिमी, बधाई छ तिमीलाई, हे युवा, आमा हुनलाई, तिमी पानी, हे देव र रिसराग गरी ८ गीत छन् । मायाप्रेमका गीत बढी आइरहेका बेला किरातीका गीत भने प्रकृतिमा आधारित छन् र बढीजसो सन्देशमूलक छन् ।
गीतमा किरातीले कतै आमाको चर्चा गरेका छन् त कतै धरतीको बयान । किराती भन्छन्, ‘सबै गीत सन्देशमूलक भएकाले अरूभन्दा पृथक् छन् ।’ यी गीतमा ठूले राई, मुना राई, कुबेर राई, रजिना रिमाल, विकास चाम्लिङ, सबु राई, जसिहाङ राईको स्वर छ । एउटा गीत गीतकार किराती आपैँmले पनि गाएका छन् । एल्बम आरबी म्युजिक प्रोडक्सनले बजारमा ल्याएको हो । (सौस)

प्रतिक्रिया