भ्यालेन्टाइन सुन्दरी

ग्ल्यामरस फोटोसुट गराउन तयारी पोजमा छिन्, सुस्मिता ढकाल । तर, अलिअलि असहज महसुस पनि गर्दै छिन् । ‘ओहो † फोटोमा त तिमी झन् सेक्सी देखिँदी रहिछौ नि †’ सुनेर उनी अलि हल्का मुस्कुराइन् अनि बिस्तारै सहज हुन थालिन् ।
पोखरा मिलनचोककी सुस्मिता यति बेला आफ्नो पहिलो चलचित्र माई भ्यालेन्टाइनमा अभिनय गर्दै छिन् । ग्ल्यामर क्षेत्रको प्रतिस्पर्धाबीच उनको चलचित्र प्रवेश तुलनात्मक रूपमा सजिलो देखिन्छ किनकि यसअघि एउटा मात्र म्युजिक भिडियो खेलेको अनुभव छ उनीसँग । अनि, सपना झ्याँगिँदै गएको छ, ‘अब जसरी भए पनि चलचित्र क्षेत्रमा जमेरै छाड्छु ।’ यसैका लागि कम्मर कसेर मेहनत गरिरहेको सुनाउँछिन् सुस्मिता ।
चलचित्र प्रवेशअघि संघर्षको यात्रा छोटो भए पनि यसका लागि आवश्यक अभिनय र नृत्यको औपचारिक प्रशिक्षण भने लामै लिएकी रहिछन् । ग्ल्यामर क्षेत्रमा भविष्य खोजिरहेकी पाँच फिट दुई इन्च हाइटकी यी ग्ल्यामरस सुन्दरीको ग्ल्यामरबारेको बुझाइचाहिँ ‘रेडिमेड’ नै रहेछ । भन्छिन्, ‘अरूलाई आफूतर्फ आकर्षण गर्नु नै ग्ल्यामर हो ।’ जतिखेरै केही बोल्न खोजिरहेजस्ता चन्चले आँखाका भाकाले कयौँ सुकुमारको हृदय छचल्काइसकिन् होला सुस्मिताले । उनको सौन्दर्यले उत्ताउलिएर कतिले ‘क्या च्वाँक’ भन्दै जिस्क्याए पनि होलान् । त्यस्तो बेलामा कस्तो होला यी सुन्दरीको प्रतिक्रिया ? ‘के गर्नु, मुस्कुराएर हिँडिदिन्छु ।’
सबैलाई छिट्टै विश्वास गर्नु आफ्नो कमजोरी बताउने सुस्मिता ‘सेक्स’लाई प्राकृतिक देन मान्छिन् । भन्छिन्, ‘मन मिले विवाहपूर्वको सेक्समा पनि केही आपत्ति छैन ।’ त्यसो भए के उनले पनि यस्तो सम्बन्धको स्वाद लिइसकिन् त ? ‘अहँ, छैन,’ २० वर्षीया सुस्मिताले भनिन्, ‘म अझै सानै छु क्या †’ त्यसो त उनी विश्वास पनि अरेन्ज म्यारिजमा गर्छिन्, लभ म्यारिजमा होइन । उनको पारिवारिक माहोलै त्यस्तै छ रे † फुर्सदको समय साथीभाइ तथा परिवारसँग बसेर रमाइलो गर्न रुचाउने सुस्मिता इन्टरनेटमा समय कटाउन पनि निकै मन पराउँदी रहिछन् ।

प्रतिक्रिया