कुस्ती टोली इरानतर्फ

लोरेस्थान : इरानको लोरेस्थानमा हुने प्रथम कुस्ती पहलमानी विश्व कपमा भाग लिन एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
अक्टोबर २९ देखि नोभेम्बर २ तारिखसम्म चल्ने प्रतियोगितामा ११ औं दक्षिण एसियाली खेलकुदका रजतधारी सत्येन्द्र यादवले ९० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष कर्णबहादुर शाही रहेका छन् ।
३१ राष्ट्रको सहभागिता रहने प्रतियोगितामा ९० केजीमाथि वजनसमूहमा मात्र खेल हुनेछ । विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ७ हजार ५ सय अमेरिकी डलर पुरस्कार स्वरुप प्राप्त गर्ने जोरखाने संघले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे । (सौस)

प्रतिक्रिया