कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था अबैध

heltha-mantralayaकाठमाडौं, १४ साउन । सरकारले बैदेशिक रोजगारीमा जानेका लागि स्वास्थ्य परीक्षण गर्न अनुमति दिएका अधिकांश संस्थाहरु नवीकरण नगरी अवैध रुपमा काम गर्दै आएको खुल्न आएको छ ।
काठमाडौंमा आज (सोमबार) आयोजित पत्रकार सम्मलेनमा सयौ नेपाली दिनहुँ अबैद्य स्वास्थ्य परीक्षणको रिपोर्ट लिएर जोखिमपूर्ण रोजगारीमा जान बाध्य भएको जानकारी दिईएको हो ।
सरकारले गत चैत–३१ गते ३५ दिनको म्याद दिँदै पुराना संस्था नवीकरण र नयाँ संस्था दर्ताका लागि आवेदन माग गरेकोमा हालसम्म अधिकांशले नवीकरण गरेका छैनन् । सोही कारण २ सय ५ र नयाँ दर्ताका लागि आवेदन गरेका एकसय संस्थाले पनि कानूनी मान्यता पाएका छैनन् ।
सरकारको गैरजिम्मेवारपूर्ण ब्यवहारबाट दिक्क भएका ब्यवसायीहरुले बैदेशिक रोजगार स्वास्थ्य ब्यवसायी संयोजन समिति पनि गठन गरेका छन् । सोही संस्था मार्फत आफ्ना अधिकारका लागि आन्दोलन गर्ने जनाईएको छ ।
बैदेशिक रोजगार ऐन २०६४ को दफा ७२ को उपदफा १ बमोजिम विदेश जानु अघि नेपाल सरकारबाट स्वीकृत प्राप्त संस्थाबाट स्वास्थ्य परीक्षण गराउनु पर्ने ब्यवस्था छ ।
यद्यपि, स्वीकृत संस्था नभएकाले अबैद्य संस्थाबाट जोखिमपूर्ण रुपमा नेपालीहरु बैदेशिक रोजागारीमा जानु पर्ने बाध्यता आएको समितिका संयोजक चेतनारायण पौडेलले बताए ।

प्रतिक्रिया