पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौं । सरकारले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा ती विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मध्यपश्चिमको उपकुलपतिमा प्राडा ध्रुवकुमार गौतम र पूर्वाञ्चलको उपकुलपति पदमा प्राडा विजुकुमार थपलियालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा प्राज्ञिक प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त गर्ने घोषणा गरेका थिए । प्राडा गौतम र प्राडा थपलियालाई पनि प्रतिस्पर्धामार्फत छनोट गरी उपकुलपति नियुक्त गरिएको जनाइएको छ ।

प्रतिक्रिया