राडीज्युला शिक्षा क्याम्पसमा प्रध्यापकहरुका लागि तालिम सुरु

आठबिसकोट । प्रध्यापकहरुको पेसागत दक्षता अभिवृद्धिका लागि आठबिसकोटस्थित राडीज्युला शिक्षा क्याम्पसमा पाँच दिने अनुसन्धान पद्धतीसम्बन्धी प्रशिक्षण सुरु भएको छ । विश्व विद्यालय अनुदान आयोगको सहयोग र राडीज्युला शिक्षा क्याम्पसको आयोजनामा मंगलबारदेखि एक औपचारिक कार्यक्रमबीच प्रशिक्षण सुरु भएको हो ।

विभिन्न विश्वविद्यालय र दातृ निकायहरुको सहकार्यमा क्याम्पसले निरन्तर शिक्षकहरूको क्षमता अभिवृद्धिअन्तर्गत विभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको छ ।
सोधखोजमा आधारित अनुसन्धान पद्धती Training Faculty Empowerment Program For Research Methodology सम्बन्धी पाँचे दिने तालिम विभिन्न जिल्लाका प्रध्यापकहरुको उपस्थितिमा सञ्चालन गरिएको क्याम्पस प्रमुख तेजबहादुर मल्ले जानकारी दिए ।

शिक्षण विधिले विद्यार्थीहरूलाई अध्ययन, अनुसन्धान तथा दिइएको सूचनाको खोजी गर्न र विद्यार्थीहरूलाई प्रेरित गर्ने भएका कारणले शिक्षकहरूलाई यसबारे तालिम सञ्चालन गरिएको क्याम्पसले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले अहिले शिक्षामा पास गर्ने पद्धती मात्रै भएको र अनुसन्धानात्मक रुपमा चुनौती भएको बताए । उनले शिक्षामा व्यवहारिक रुपमा परिवर्तन नभएमा अनुसन्धान विधि प्रभावकारी नहुने बताए ।

काम र योग्यताका आधार विधार्थी र प्रध्यापकहरुले सिकाईलाई प्राथमिकता दिनुपर्ने भन्दै, विषय वस्तुसँग सम्बन्धीत वास्तविक सत्यता वा समाधान प्राप्त गर्न प्रश्नहररू सोध्ने र त्यसैमा आधारित रहेर अनुसन्धान गर्न विद्यार्थीलाई उत्प्रेरित गराउनुपर्ने बताए ।

यस विधिअन्तर्गत प्रशिक्षकद्वारा निर्देशन र सहजीकरण मात्र गरिने हुँदा शिक्षक स्वयम् अनुसन्धानमा संलग्न भई समस्या समाधानका लागि खोजी गर्ने र विद्यार्थीहरूमा उत्सुकता जगाई ज्ञानसँग सम्बन्धीत अनुभवको अनुभूति गराउनु नै यस अनुसन्धान विधिको आशय रहेको प्रशिक्षक डा. जिवन खड्काले बताए । उक्त तालिममा डा. खड्का र निर्मला सुवेदीले प्रशिक्षण गर्ने छन् ।

तालिममा रुकुम पश्चिम, जाजरकोट र सुर्खेतका २५ जना प्रध्यापकहरुको सहभागिता रहेको छ । उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष मणिराज बटालाले गरेका थिए । त्यस्तै आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख तेजबहादुर मल्लले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी विद्यार्थी र प्रध्यापकहरुको उपस्थिति रहेको थियो ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया