राजनीतिक स्थायित्वका लागि चीन चिन्तित

Sushil-Koiralaकाठमाडौं, १ साउन । कांग्रेस सभापति सुशील कोइराला र नेपालका लागि चिनियाँ राजदूत वु चुन्थाईबीच भेटबार्ता भएको छ ।
कोइरालाको महाराजगञ्जस्थित निवासमा आज (मंगलबार) भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभा निर्वाचनका बारेमा परामर्श भएको हो ।
भेटमा चिनियाँ राजदूतले मंसिर–४ मा संविधानसभा निवाचन होस् भन्ने आफ्नो देशको सदिच्छा रहेको कोइरालालाई जानकारी गराए ।
नेपालमा राजनीतिक अस्थिरता हुँदा चीनलाई पनि घाटा भएको भन्दै राजदूत चुन्थाईले निर्वाचन मार्फत मुलुकलाई स्थायित्व दिन आग्रह गरे । राजदूत चुन्थाईले आन्दोलनरत दलहरुलाई समेत वार्तामा ल्याई निर्वाचनमा सहभागी गराउन सुझाव दिए ।
उनले भारत र चीनदुवै नेपालको अस्थिर राजनीतिबाट चिन्तित रहेको उल्लेख गरे ।

प्रतिक्रिया