काठमाडौं, १८ मंसिर । एक्काइसौं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज काठमाडौंमा बृहद् शान्ति र्याली निकालिएको छ ।
‘अवरोधहरू हटाउँदै सबैका लागि समावेशी र पहुँचयुक्त समाजको सिर्जना गरौं’ भन्ने मुल नाराका साथ मुलुकभर अपाङ्गतासम्बन्धी विभिन्न कार्यक्रम गरीएका छन् ।
बसन्तपुर डबलीबाट सुरु भएको र्याली नयाँ सडक, बीर अस्पताल, रत्नपार्कहुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
महिला, बालबालिका ताथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपाने र्यालीमा सहभागी भए ।
प्रतिक्रिया