भिरबाट लडेर बालिकाको मृत्यु

जाजरकोट, ११ मंसिर । स्थानीय जंगलमा घाँस काट्न गएको बेला भिरबाट लडेर जाजरकोटमा एक बालिकाको ज्यान गएको छ ।
सक्ला–१, लैखमकी अन्दाजी १८ वर्षीय सशीला केसीको आज बिहान भिरबाट लडेर ज्यान गएको आफन्त मानबहादुर बस्नेतले जानकारी दिए । उनी स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेको बस्नेतले बताए ।
यसैबीच दह–५, छपेरेगौडाका कालीबहादुर बस्नेतका ६ वर्षीय छोरा दिलिप बस्नेतको आगलागीमा परेर मृत्यु भएको छ । दिलिप सुतेका समयमा आइतबार दिउँसो घरमा आगलागी भएको थियो । दिलिप सुतेकै अवस्थामा जलेका हुन् ।
सँगै सुतेकी ३ वर्षीय बालिका भने भागेर बाँच्न सफल भएकी छन् । आगलागीबाट ८० हजार नगदसहित ३ लाख बत्तिस हजार बराबरको क्षति भएको पीडितले जानकारी दिए ।

प्रतिक्रिया