औषधि व्यवसायीको नयाँ नेतृत्व

काठमाडौं : नेपाल औषधि व्यवसायी संघ वाग्मती अञ्चल शाखाको अधिवेशनले रामेश्वर श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सोमबार सम्पन्न सातौँ अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
समितिका आयाततर्फका उपाध्यक्षमा निरञ्जनप्रसाद रिसाल, खुद्रातर्फका उपाध्यक्षमा मुकुन्दकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी महासचिवमा प्रशान्त मानन्धर, कोषाध्यक्षमा नवराज ढकाल, उपमहासचिवमा सुनील श्रेष्ठ र उपकोषाध्यक्षमा सोमप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरूमा अनिलमान श्रेष्ठ, ध्रुवनारायण श्रेष्ठ, श्रीधर खनाल, अजय प्रधान, सम्राटमान जोशी र गेहेन्द्रप्रसाद मिश्र निर्वाचित भएका छन् । अधिवेशनमा वाग्मती अञ्चलका झन्डै सात सय औषधि व्यवसायीको सहभागिता थियो । अध्यक्ष निर्विरोध भए पनि अन्य पदमा भने कडा प्रतिस्पर्धा भएको थियो । अधिवेशनले मर्यादित औषधि व्यवसायका लागि गम्भीर हुन सरकारसँग माग गरेको छ ।

 

प्रतिक्रिया