३ यात्रुको मृत्यु, १६ घाईते

प्युठान, ८ फागुन । प्युठान जिल्लाको दाखाक्वाली–३ स्थित सडकमा आज जीप दुर्घटना हुँदा तीन यात्रुको मृत्यु भएको छ भने १६ यात्रु घाईते भएका छन् । लु.१ ज १६६८ नम्बरको जीप आज अचानक पल्टिँदा जीपमा सवार दाखाक्वालीका दुर्गा बहादुर धामीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएको छन् ।
गम्भीर अवस्थामा रहेका जीप चालकसहित ८ जनालाई बुटवल थप उपचारका लागि पठाएको प्रहरीले उल्लेख गरेको छ । जीप दुर्घटनाको बिषयलाई मृत्तकका आफन्तले दिउसो केही समय सडक समेत अबरोध गरेका थिए ।

प्रतिक्रिया