आगलागीबाट वीस लाखको नोक्सानी

मोरङ, १९ असोज । मोरङ जिल्लाको ईन्द्रपुर–१ स्थित टीका कट्टेलको घरमा आगलागी हुँदा करिब वीस लाख बराबरको नोक्सानी भएको छ ।
बिहीबार राति अचानक आगलागी हुँदा गोदाममा रहेका सामान जलेका थिए । गोदाममा ईलेक्ट्रोनिक र होटलका सामानहरु रहेको प्रहरीले जनाएको छ ।
आगलागी प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

प्रतिक्रिया