सरकार भारतलाई खुसी बनाउँदैः बस्नेत

बुटवल, १६ असोज । एमाले निकट युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले वर्तमान सरकारले भारतलाई खुशी बनाउनका लागि विभिन्न सन्धी–सम्झौता गरेको आरोप लगाएका छन् ।
उनले प्रधानमन्त्री बाबुराम भट्टराईले भारतलाई खुशी पार्ने काम मात्र गर्दा राष्ट्रियता कमजोर बनेको बताए ।
बुटवलमा आज आयोजित संघको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारले विप्पा र सूपुर्दगी सन्धी भारतलाई खुशी पार्न गरेको बताए । ‘अरु सन्धी पनि गरिँदै छ,’ उनले भने, ‘तर हामी त्यस्ता राष्ट्रघाती सन्धी–सम्झौताको कडा प्रतिवाद गर्छौ ।’
उनले सबैले विरोध गरेका कारण सरकारले त्रिभुवन विमानस्थलको सुरक्षा भारतलाई दिन नसकेको बताए ।

प्रतिक्रिया