‘कांग्रेसलाई दिन एमाओवादी प्रतिवद्ध छैन’

काठमाडौं, ३ असोज । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं एमाओवादीका नेता देबेन्द्र पौडेलले संविधानका सबै विवादित विषयमा सहमति जुटेमात्रै कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले जेठ–१४ गते पछि सबै दलहरुका बीच भएको सहमति भताभुङग भईसकेकाले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन एमाओवादी प्रतिबद्धत नरहेको बताए । उनले भने, ‘पूर्व सहमतिहरु भताभुङग भईसकेकाले कांग्रेसलाई सरकारको नेतृत्व दिन एमाओवादी प्रतिवद्ध छैन ।’
उनले कांग्रेसमा प्रधानमन्त्री बन्ने विषयमा अन्र्तद्वन्द्व रहेको पनि उल्लेख गरे । ‘कांग्रेसको विवादले तत्काल नयाँ नेतृत्व आउन सक्ने सम्भावना छैन,’ उनले भने, ‘अहिलेकै सरकारलाई निरन्तरता दिनु सबै भन्दा उपयूक्त विकल्प हुन्छ ।’
संविधानका विवादित विषयमा सहमति जुट्ने सम्भावना न्यून रहेकाले अब निर्वाचन एकमात्र विकल्प रहेको पौडेलको भनाई थियो । उनले भने, ‘चैत मसान्तभित्र निर्वाचन गर्ने भए प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा निर्वाचनमा जान सबैभन्दा उपयूक्त हुन्छ ।’

प्रतिक्रिया