विनोद र रेखाको देउडा गीत

काठमाडौं । गायक विनोद बाजुराली र रेखा जोशीको नयाँ गीत ‘नबाड्याकी ठ्याउकी’ सार्वजनिक भएको छ। सुदूरपश्चिमको छलिया शैलीमा आधारित रहेर गीतको शब्द तथा संगीत भरिएको छ । गायक बाजुरालीकै शब्द तथा संगीत रहेको छ। देउडा भाकामा गायक बाजुरालीले ठट्यौलो सवाल–जवाफयुक्त गीत तयार पारेका छन् ।

सुदूरपश्चिमकै स्थानीय बाजागाजा, वेषभूषा र लवजलाई पछ्याइएको गीतको भिडियोमाचक्र बम र करिष्मा ढकालको अभिनय छ। भीम थापाले निर्देशन गरेको भिडियोमा सिनेमाटोग्राफी राजेश घिमिरेको रहेको छ। परम्परागत बाजा सहनाइ बलबहादुर जैरुले बजाएका हुन्।

प्रतिक्रिया