रेडक्रस सोसाइटीका संस्थापक सदस्य शर्माको निधन

काठमाडौं । अग्रज समाजसेवी, नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेशकुमार शर्माको आज निधन भएको छ । कोरोनालाई जितेर पनि निमोनिया र अन्य स्वास्थ्य समस्याका कारण आज बिहान उनको ग्राण्डी अस्पतालमा निधन भएको हो ।

९३ वर्षीय शर्माको मृत्युले सामाजिक सेवा क्षेत्रले एक अगुवा गुमाएको छ । उनले स्पेनका राजाबाट समाजसेवा सम्मान प्राप्त गरेका थिए । आजै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

सोसाइटीको तर्फबाट अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिना र महामन्त्री पीताम्बर अर्यालले स्व शर्माको पार्थिव शरीरमा रेडक्रसको झण्डा र पुष्पगुच्छा अर्पण गरेका थिए । उनका तीन छोरा र दुई छोरीहरु छन् ।

प्रतिक्रिया