‘बन चरीलाई बन’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका शान्ति श्री परियार र गायक दुर्गा लामिछानेको सुमधुर स्वर रहेको ‘बन चरीलाई बन’ वोलको गीत सार्वजनिक भएको छ । ‘बन चरीलाई बन’ वोल रहेको गीतमा शब्द चर्चित सर्जक सन्तोष सुवेदीको रहेको छ । गीतमा लय देव सेन र संगीत संयोजन सुनिल परियारको रहेको छ ।

वनडिबी स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतलाई एचबिएन किस्मतले मिसक्सिङ तथा मास्टरिङ गराएका हुन् । गीतको म्युजिक भिडियोलाई निर्देशक होम धितालले निर्देशन गरेका छन्, भने निरेन श्रेष्ठको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा निकै राज जमाएकी मोडल करिश्मा ढकाल, कृष्ण पन्त र गजेन्द्र पन्तको नृत्य तथा अभिनय रहेको छ ।

उक्त भिडियोलाई मरुभूमि नारायणले छांयाकन गरेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् । गीतलाई बल्छी ध्रुर्बे युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया