तोडफोडमा संलग्नलाई कारबाही

बाग्लुङ : धौलागिरि बहुमुखी क्याम्पस बाग्लुङमा तोडफोड र आगजनी गर्ने विद्यार्थीलाई क्याम्पस प्रशासनले कारबाही गरेको छ । क्याम्पसले पढाइ नगरेको भन्दै आन्दोलन र तोडफोडमा संलग्न चार विद्यार्थी कारबाहीमा परेका हुन् ।
२९ साउनमा भएको घटनामा संलग्न बिबिएस दास्रो वर्षमा अध्ययनरत दिनेश पन्त, देवेन्द्र उपाध्याय, सन्तोष रिजाल र अर्जुन रिजाललाई एक वर्षका लागि क्याम्पसले निष्कासन गरेको छ । उनीहरूबाट तोडफोड र आगजनीका क्रममा भएको क्षतिबापत दुई लाख रुपियाँबराबरको क्षतिपूर्ति पनि भराउने निर्णय भएको क्याम्पस प्रमुख आनन्दराज सिलवालले बताए । घटनापछि ३१ साउनमा बसेको सर्वपक्षीय बैठकको म्यान्डेटअनुसार कारबाही गरिएको उनले बताए ।
तर क्याम्पसमा भएको सर्वपक्षीय बैठकको म्यान्डेटविपरीत गएर एकलौटी कारबाहीको सूचना जारी गरिएको भन्दै स्ववियु र क्याम्पसमा क्रियाशील चार विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । (सौस)

प्रतिक्रिया