सर्लाहीमा फेरि थपिए १० कोरोना संक्रमित, कुल संख्या ७१

सर्लाही । सर्लाहीमा फेरि १० जना कोरोना संक्रमित थपिएका छन् । आइतबार आएको पिसिआर रिपोर्ट अनुसार सर्लाहीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।

सदरमुकाम मलङ्ग्वा देखि उत्तरी क्षेत्रमा पर्ने हरिपुर नगरपालिकामा ७ जना र सदरमुकाम देखि पुर्व उत्तरमा पर्ने ब्रह्म्पुरी गाउँपालिकामा ३ जना गरी जम्मा १० जनामा कोरोना संक्रमण रहेको प्रजिअ जिसिले बताए ।

पुष्टि भएका संक्रमितहरु भारतमा बस्दै आएको र केही दिन अगाडि मात्र भारतबाट उनीहरु आफ्नो घर सर्लाहीस्थित आ–आफ्नो पालिकामा आएका थिए । प्रजिअ जिसिका अनुसार उनीहरु आउनासाथ घरमा प्रवेश गर्न नदिइएको र पालिकाको क्वारेन्टाइनमै राखिएको थियो ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल उनिहरुलाई व्यवस्थापन गर्ने कार्य भइरहेको छ । यससँगै सर्लाहीमा कोरोना भाइरसको संक्रमितको संख्या ७१ पुगेको छ । यसअघि सर्लाहीमा ६१ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया